सुनवल, १ असाेज । महाकबि देवकोटा क्याम्पस सुनवल ४ नवलपरासीको आठौ बार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सन्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरि रहेका थिए ।
यस्तै निबर्तमान अध्यक्ष बिष्णु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ नवलपरासिका अध्यक्ष केशव राज भण्डारि , बोधराज घिमिरे, अर्जुन कुमार पोखरेल, थान प्रसाद गैरे, गोपाल प्रसाद शर्मा , यज्ञ प्रसाद पाण्डे, सुर्दशन पहारि लगायतको आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक बन, आमा समुह, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अर्जुन कुमार पोखरेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा लेखा प्रतिवेदन क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन शिक्षक हरिदत्त शर्मा पौडेलले गर्नुभएको थियो ।
क्याम्पसले चालु आर्थिक बर्ष २०७५/७६ का लागि तयार पारेको बजेटमा रु.१ करोड ५६ लाख १७ हजार ६० को आर्थिक कारोबार हुने योजना रणनैतिक योजनाका साथ अघि सारेको छ ।
यस्तै क्याम्पसको आम्दानि बृद्धि भई आर्थिक बर्ष २०७४/७५मा रु १ करोड ६७ लाख ४५ हाजर ३ सय १० आम्दानि भएको छ भने खर्च रु ८२ लाख ८४ हजार ६ सय ५० पुगेको देखिन्छ ।