अझै पाएनन उखु किसान ४५ करोड भुक्तानी ः उखु किसानको पिडा, पैसा बिना कसरी मान्नु यसवर्ष दशैँ

0
500

परासी, १ असोज । नवलपरासीका उखु मिलहरुले किसानहरुलाई भुक्तानी नगरि दिँदा उखु किसानहरु समस्यामा परेका छन् । साहु कहाँबाट चर्काे व्याजदरमा ऋण लिई उखु खेती गरेका किसानहरु उखु मिललाई उधारोमा उखु बेचे तर अहिलेसम्म भुक्तानी नपाउँदा किसानहरु पिरमर्कामा परेका छन् ।

हिन्दु समुदायको महान पर्व बिजया दशै, शुभ दिपावली तथा छठ पर्व नजिकन थाल्यो तर अहिलेसम्म उखुको पर्ची भजेन, कसरी चाँड पर्व मान्नु र घर व्यवहार मिलाउनु, हामीलाई ठुलो पिरमर्का परेको उखु किसान लख्खु यादवले बताए ।

उखु क्रसिङ्ग सकेको ६ महिना वितिसक्दा पनि मिलहरुले अझै ४५ करोड रुपैया किसानहरुलाई भुक्तानी गरेका छैनन् । जिल्लामा ईन्दिरा सुगर ईण्डष्ट्रि प्रा.लि, बागमती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुलो उखु उद्योग संचालनमा छन् ।

यि तिनटै मिलहरुले किसानहरुलाई भुक्तानी गर्न आलटाल गरेपछि जिल्ला प्रशासनले गत श्रावण महिनामा उखु किसान र उखु मिलहरु बिच छलफल गराई भुक्तानी गराउने सहमति गराइएको थियो ।

सो सहमति अनुसार मिलहरुले एक हप्तामा १ करोड ५० लाख रुपैया मात्र भुक्तान गरेर विभिन्न बहानामा भुक्तानी फेरि बन्द गरिदिए । किसानहरुले पटक–पटक भुक्तानीको लागि मिलहरुलाई दबाब दिदै आएपनि मिलहरुले अझैसम्म नटेरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

किसानहरु यताउतीबाट ऋण काढेर उखु खेती गर्दछन् तर बेच्ने बेलामा मिलले उधारो खरिद गर्दछ । उधारोमा किनेको उखुको भुक्तानी समयमा नदिएर घर व्यवहार मिलाउन र ऋणको ब्जाय तिर्न धाै–धाै हुने गरेको स्थानिय उखु किसान युवराज मौर्यले जानकारी दिए । कृषक मौर्यले, भुक्तनी माग्न मिलमा जाँदा मिलले भोली–पर्सी आउनु भन्दै टार्दै दुःख दिने गरेको बताउदै अहिलेको चाँडबाड कसरी मान्ने भनि हामी किसान भित्र चिन्ता समेत समाएको बताए ।

अध्यक्ष यादवले भने, बागमति चिनी मिल संग २५ करोड, ईन्दिरा चिनीमिल संग १७ करोड र लुम्बिनी चिनी मिल संग ३ गरि कुल ४५ करोड रुपैया किसानहरुले अझै भुक्तानी पाउनु पर्ने छ तर मिलहरु विभिन्न बहाना देखाएर भुक्तानीमा आलटाल गर्दै आएको आरोप लगाए ।

यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले, उखु किसानहरुको समस्या सामाधान गर्र्न एक हप्ता भित्र फेरि उखु किसान र मिल बचि छलफल गराई भुक्तानी शुरु गराउने बताए । प्रजिअ लामिछानेले, अब हुने किसान र मिल बिचको भुक्तानी सहमतिलाई तोडने र भुक्तानी नगर्ने मिल संचालकलाई कार्वाही गर्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here