मोटरसाईकल दुर्घटनामा ४ जना घाईते

0
461
सहबान अन्सारी–
परासी, १ असाेज ।  पश्चिम नवलपरासीकाे  प्रतापपुर गाऊपालिका वडा नं ९ खैरहनीमा ( बर्दघाट– त्रिबेणी) सडकखण्ड अन्तर्गत खजुरापुल नजिकै माटेरसाइकल  दुर्घटना हुदाँ ४ जना घाईते भएका छन । बर्दघाटबाट बेलाटारी तर्फ आऊदै गरेको लु२३ प ९७३२ नम्बरको मोटरसाईकल बिपरित दिशाबाट आऊदै गरेको यु.पी.५६ ई८८२३ भारतिय नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ साे दुर्घटना भएकाे हाे । 
दुर्घटनामा परि घाइते भएका  मोटरसाईकल चालक बर्दघाट नगरपालिका वडा नं ४ बाढीपिडीत बस्ने ३२ बर्षिय टेक सिंह सुनार साथै पछाडी सवार सोही ठाँउ बस्ने ४० बर्षिय कन्हैया लाल चौधरी  रहेका  छन ।
त्यस्तै अर्को  चालक सुस्ता गाऊपालिका वडा नं ५ रतनगंज बस्ने २० बर्षिय रिजवान अन्सारी र पछाडी सवार सोही ठाउ बस्ने ३५ बर्षिय मुसाफिर अन्सारी घाईते भएका छन ।
दुर्घटनामा परि घाईते भएका हरुलाई सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जानकारी दिएका छन् । साथै दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here