नवलपुर, १ असोज । नवलपुरको देबचुली नगरपालिका–१३ स्थित बोटे टोलमा सोमबार बिहान ३६ वर्षीय बुद्धराम बोटेको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चिसो हातले टीभी जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई देवचुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।