परासी, १ असोज । नवलपरासीमा आज एक औपचारिक कार्यक्रमबिच २२ वटा आईसर टैक्टर विक्री भएको छ । जिल्लाको विभिन्न क्षेत्रका किसानहरुले विशेष छुटमा २२ वटा टैक्टर खरिद गरेका हुन् ।
आइसर टैक्टर एजेन्सी परासीको आयोजनामा भएको टैक्टर डेलिभरी कार्यक्रम कम्पनीको मैनेजिङ्ग डायरेक्टर लुमेश यादवको अध्यक्षतामा कार्यक्रम प्रमुख अतिथ एवं पुर्व रक्षाराज्य मन्त्री रामबचन यादवले टैक्टर खरिद गर्ने किसानहरुलाई गम्छा ओढाई सम्मान गर्दै टेक्टरको चाबी हस्तान्त्रण गरेका थिए ।
खेती किसानीका लागि राम्रो टैक्टरको रुपमा चिनिने आईशर टैक्टरको किसानहरुमा डिमाण्ड बढदै केहि महिना अगाडी देखि नै बुकिङ्ग भएका यि २२ वटा टैक्टरहरु आज यस परासी आईसर टेक्टरको एजेन्सी मार्फत किसानहरुलाई डेलिभरी गरिएको राजेन्द्र यादवले बताए ।
कार्यक्रममा अध्यक्ष एवं कम्पनीका मैनेजिङ्ग डायरेक्टर लुमेश यादव, प्रमुख अतिथि एवं पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव, फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, किसान महेन्द्र गुप्ता, वाईसिएलका अध्यक्ष हरि भण्डारी, युवा समाजसेवी राजेन्द्र यादव लगायतले मन्तब्य राखेका थिए ।