परासी, १ असोज । नवलपरासीको सरावल गाउँपाकिला ४ बटसारमा स्थित झरही खोलामा बनीरहेको पुल निर्माणमा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । बटसार गाउँ देखि महेसपुर जोडने उक्त पुल एक बर्षमा १० प्रतिशत कार्य मात्र भएको पाइएको छ ।
सडक डिभिजन कार्यालय बुटवलले पुल निर्माणको लागि ढाई बर्ष म्याद तोकी १० करोड, १ लाख १५ हजार ४९१ रुपैयामा रमन कन्सट्रक्सन प्रा.लिलाई ठेक्का दिएको छ तर ठेकेदारले ढिलो काम शुरु गरि १ बर्षमा जम्मा १० प्रतिशत मात्र निर्माण कार्य गरेको पाइएको छ । ठेकेदारले नदीमा अहिले एउटा पिलड मात्र धाँसेको छ र एक साइडमा पुल फउण्डेशनको कार्य गरेको छ ।
४० मिटर लम्बाई रहेको उक्त पुल निर्माण कार्यमा ढिलाई भएकाले समयमै कार्य सम्पन्न नहुने स्थानियले चिन्ता व्यक्त गरेका छन् । वर्षाैंदेखि बर्षाको समयमा डुङ्गाको सहारले पुल तारेर जोखिमपुर्ण यात्रा गर्दै आएको स्थानिय यात्रुहरु यसरी ठेकेदारको ढिलाई लापरवाहीले समयमा पुल नसमपन्न हुने चिन्ता व्यक्त गर्दै अझै कति बर्ष जोखिमपुर्ण यात्रा गर्नु? पर्ने प्रश्न गरे ।