वडा स्तरीय भलिबल प्रतियोगिता शुरू

0
596
संजय कुस्वाहा –
परासी, ३१ भदौ । नवलपरासीको प्रतापपुर गाउपालिका वार्ड न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको उपलक्ष्यमा वडा स्तरीय भलिबल प्रतियोगिता अाइर्तबार बाट शुरू भएको छ । विश्वकर्मा पुजा समिति गुठी सुर्यपुराको आयोजना तथा प्रम चौधरीको सभापतित्वमा आयोजित प्रतियोगितामा करिब ३२ वटा टिम सहभागी भएको थियो ।
प्रतियोगिताको उदघाटन नेपाली काग्रेसका पुर्व सांसद देवकरण प्रसाद कलवार ( सन्तु) ले गर्नु भएको छ। खेलको उदघाटन क्रममा सांसद कलवारले यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखनु भयो ।यस क्षेत्रका आर्थिक,सामाजिक ,शैक्षिक ,बिकासका लागि गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
यस पुरूष भलिबल प्रतियोगिता कार्यक्रममा प्रतापपुर गाउपालिका का प्रमुख राजकुमार शर्मा,उप्रमुख अन्जु चौधरी जिल्ला उखु उत्पादन समितिका अध्यक्ष उमेश चन्द्र यादव ,गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता ,वडा न.७ का वडा अध्यक्ष हरेन्द्र यादव ,वडा ६ अध्यक्ष रामहरी उपाध्य , वडा न.९ हेमेन्द्र पजियार ,ब्यासमुनि कुशवाहा लगाएको अतिथ्यतामा कार्यक्रम हरेन्द्र कुमार चौधरीले संचालन गर्नु भयो । आयोजकले दिएको जानकारी अनुसार यश भलिबल प्रतियोगितामा प्रथम टिमलाई १० हजार नगद सहित प्रमाणपत्र दृतिय लाई ६ हजार नगद सहित प्रमाणपत्र र तृतीय ल्याउने टिमलाई ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here