परासी, ११ मंसिर । नवलपरासीको प्रतापपुर गाउँपालिकामा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर ३ ठुलो खैरटवाँमा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविर विज्ञकेन्द्र प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । एकदिने संचातिल पशु स्वास्थ्य शिविरमा आएका पशुहरुको स्वास्थय चेकपक तथा उपचार पशुपन्छी तथा मत्स्य निर्देशनालय बुटवलका बरिष्ठ पशु चिकित्सक डाक्टर नबिन बस्याल, पशु अन्वेशण प्रयोगशाला नवलपरासीका प्रमुख डाक्टर भरत काफले, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रकि चिकित्सक डाक्टर विभुती सिंहले लगायतले गरेका थिए । यो शिविर पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा संचालन गरिएको थियो जसमा २१७ घरधुरी लाभाविन्त भएको विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिनु भयो । उहाँका अनुसार शिविरमा आएका पशुहरुको उपचार गरि निशुल्क औषधी प्रदान गरिएको थियो भने पशुपालक किसानहरुले आफनो पशुमा देखिएको समस्या र लक्ष्णको आधारमा पशु चिकिस्तकहरुले पशुको उपचारका लागि ति किसानहरुलाई औषधी वितरण गरि पशुलाई औषधी खुवाउने तरिका र हेरचाह गर्ने सुझाव समेतका सेवा प्रदान गरिएको थियो ।
गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उपचार कहाँ कसरी गर्ने र पशु स्वास्थ्य बारे सचेतना समेत गराउने उद्देश्यले यो पशु स्वास्थ्य शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्राले जानकारी दिनु भयो । गाउँघरमा दुईचार वटा पशु पाल्ने किसानहरुलाई रोगहरुको बारेमा खासै थाहा नहुने र पशुको स्यहार सुसारमा कम ध्यान रहने र समय समयमा नियमित औषधीहरु कहाँबाट कसरी प्राप्त गरि पशुलाई सेवन गराउने जस्तो कुराहरुको जनचेतना समेत यस शिविरले दिने मिश्राले जानकारी दिनु भयो । शिविरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले गाईभंैसी, बाख्रा, भेँडा, कुखुरा लगायतका पंक्षीहरु पाल्ने किसानहरुले भरपुर लाभ लिन पशुपालक किसानहरुमा आग्रह गर्नु भयो । उहाँले पशुपालक किसानहरुको दैलोमा यस्तो शिविरको आवश्यक रहेको जिकिर गर्दै गाउँपालिकाले आगामी दिनहरुमा यस्तो शिविरहरुको अयोजना गरि सेवा प्रदान गर्ने अध्यक्ष यादवले प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष एवं विज्ञकेन्द्र प्रमुख चौधरीले शिविर बढि पशुपालन भएको क्षेत्रमा गर्दै आइएको र किसानहरुलाई कमन रोगको बारेमा सचेतना दिदै पशुहरुमा देखिएको समस्या सामाधानका लागि उपचार सेवा समेत प्रदान गरिदै आइएको जानकारी दिनु भयो । यस अघि यस्तो शिविर सरवाल गाउँपालिमा संचालन गरिएको थियो भने किसानको मागको आधारमा अर्काे शिविर पनि छिटै संचालन गरिने जानकारी दिनु भयो । यस शिविरमा प्रतापपुर गाउँपालिकाको पशु शाखाको र त्यस शाखाको कर्मचारीहरुको सहकार्य समेत रहेको थियो ।