नवलपरासीमा पशु स्वास्थ्य शिविर संचालनः १६३ घरधुरी लाभाविन्त

0
44

परासी, १३ कार्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एकदिने निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा सरावल गाउँपालिकाको सहकार्यमा सरावलको वडा ४ हात्तिबनमा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो । विज्ञकेन्द्रको प्रमुख श्रवण कुमार चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको प्रमुख आतिथ्यता, वडा ४ का अध्यक्ष सुरेश यादवको विशेष आतिथ्यतामा शिविर संचालन गरिएको हो । शिविर पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो ।

उक्त पशु शिविरबाट गाई ५६, भंैसी १६१, र ७०४ बाख्रालाई उपचार सेवा प्रदान गरिएको छ भने यस शिविरबाट कुल १६३ घरधुरी लाभाविन्त भएको छ । गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उपचार कहाँ कसरी गर्ने र पशु स्वास्थ्य बारे सचेतना समेत गराउने उद्देश्यले यो पशु स्वास्थ्य शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिनु भयो ।

गाउँघरमा दुईचार वटा पशु पाल्ने किसानहरुलाई रोगहरुको बारेमा खासै थाहा नहुने र पशुको स्यहार सुसारमा कम ध्यान रहने र समय समयमा नियमित औषधीहरु कहाँबाट कसरी प्राप्त गरि पशुलाई सेवन गराउने जस्तो कुराहरुको जनचेतना समेत यस शिविरले दिने विज्ञकेन्द्रका पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्राले बताउनु भयो ।

शिविरमा आउने पशु पंक्षीहरुको रोग पहिचान गरि उपचारको काम गरिएको छ भने शिविरमा ल्याउन नसकिएको ठुला पशुचौपायाहरुको बारेमा किसानसंग सोधपुछ गरि लक्ष्णको आधारमा औषधीहरु वितरण गरि सेवा प्रदान गरिएको छ । शिविरमा पशु रोग अन्वेषण प्रयोगशालाका डाक्टर, भेटेरिनरीका डाक्टर विभुती सिँह, पशु विज्ञ र सरावल गाउँपालिका पशु शाखाका कर्मचारीहरुको प्राविधिक सहयोग रहेको थियो । विज्ञकेन्द्रले पशु सेवा प्रदान गर्ने उद्देश्यले बर्षमा मागको आधारमा यो पशु स्वास्थ्य शिविर संचालन गरेको थियो । मागको आधार सो क्षेत्रहरुमा अझै दुईवटा शिविर संचालन गर्न बाकी नै रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here