परासी, ३१ भदाै । रामनगर जेसिज वर्ष २०१८ ले आँउदो असोज महिनामा जिल्लाको गाउँपालिका तह देखी जिल्ला स्तरसम्म “जिम्मेवारीका साथ नेतृत्व“ विषयक वक्तृत्व कला आयोजना गर्ने भएको छ । आइतवार रामनगर जेसिज वर्ष २०१८ का अध्यक्ष जेसी भोजराज चापागांई सहित बसेको वोर्ड बैठकले सो निर्णय प्रस्तुत गरेको हो ।
साथै जेसिजले असोज ३ गते संविधान दिवशको अवसर पारी नेतृत्व तालिम एवं संविधान दिवस अन्तर्कृया र भुमही चोकमा दिप प्रज्जवलन कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । त्यस्तै जेसिजले असोज १३ गते मल्टी च्याप्टर इफेक्टिभ पब्लिक स्पिकिङ ट्रेनिङ गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी रामनगर जेसिज वर्ष २०१८ सुनवल नगरपालिकालाई सुन्दर नगर बनाउने अभियानमा पनि लागिरहेको छ । जुन अभियान अनुरुप केहि हप्ता अगाडी मात्रै सुनवल नगरपालिका वडा न १२ स्थित भुमही बजार क्षेत्र वरीपरी पर्ने बाटोको दुबैतर्फ वृक्षारोपण गरिसकिएको छ । र सो अभियानलाई निरन्तरता दिदैँ यस वर्ष वडा न १२ लाई नमुनाको रुपमा क्लिन वार्ड प्रोजेक्ट सञ्चालन गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।
सो बैठकमा रामनगर जेसिजका सम्पुर्ण वोर्ड पदाधिकारीहरु, निर्देशकहरु, रामनगर जेसिजका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारी, रामनगर जेसिज वर्ष २०१६ का अध्यक्ष जेसी बलराम चापागांई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।