सुनवल, ३१ भदौ । नेपाल तमु गुरुङ्ग बिद्यार्थी छोजधि सुनवल नगर समिति एक कार्यक्रमका बिच गठन गरिएको छ । सुनवल ५ बनकट्टि महाज्ञान बौद्ध बिहार स्थित नेपाल तमु बिद्यार्थी छोजधि गुरुगं बिद्यार्थी राष्टिय परिषद् जिल्ला कार्यसमिति नवलपरासिद्धारा बिष्णु माया तमुस्योको अध्यक्षतामा १५ सदस्यिय सुनवल नगर समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा निर्मला टु क्याप्री तमुस्यो, सचिव कृष्ण तमुस्यो, संगठन सचिव शन्नि तमु, प्रसार सचिव पबित्राा घले क्ले तमुस्यो, कोषाध्यक्ष मुस्कान तमुस्यो, सहकोषाध्यक्ष सजनि प्हमु तमुस्यो रहेका छन् भने सदस्य हरुमा रुपेश तमु, रिचा तमुस्यो, निशा तमुस्यो, प्रबिन तमु लगायत छन् ।
नेपाल तमु गुरुगं बिद्याार्थि छोजधि जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष नरेश कोन्मे तमुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तमु धर्म सस्कार सस्कृतिका केन्द्रिय सदस्य ठाकुर जंग म्होब्छे तमु रहेका थिए । तमु ह्युल छोजधि गुरुगं राष्टिय परिषद् पश्चिम नवलपरासीका अध्यक्ष पुराण तमुको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नेपाल तमु बिद्यार्थी छोजधि गुरुगं बिद्यार्थी राष्टिय परिषद् जिल्ला कार्यसमिति नवलपरासिका प्रचार सचिव योगेश पैगिंलम तमुले जानकारि दिए ।