एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात

0
96

काठमाडौँ, ७ श्रावण । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो । एक वर्षमा फलफूलको कारोबारबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस्तै नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागकाे तथ्यांकमा उल्लेख छ । नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा बेहोरेको छ ।

अधिकांश फलफूल भारतबाटै आयात भएको भन्सार विभाग तथ्यांकमा छ । एक वर्षमा भारतबाट २ लाख मेट्रिक टन  फलफूल आयात भएको छ । सो बापत १२ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांक छ । यस्तै, ११ अर्ब ७ करोड रुपैयाँको चीन, अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकबाट फलफूल आयात भएको हो ।नेपालीले विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ एक वर्षमा २० हजार मेट्रिक टन उपभोग गरेका छन् । भन्सार विभागका अनुसार नेपालीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० हजार मेट्रिक टन विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ खाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here