असारे विकास तथा गुणस्तरहिन कार्यको नतिजा : जताततै फुटन थाल्यो पिच बाटो

0
375


परासी, ३१ भदाै । नवलपरासीका अधिकांश पिच बाटो फुटेर विग्रिदै गएका छन् । जिल्लाको मुले तथा सहायक बाटो र ग्रामिण क्षेत्रका विभिन्न पिच बाटोहरु फुटेर बिग्रिका छन् । भैरहवाँ–परासी–भुमही बाईपास सडक खण्ड र परासी–महेसपुर सडक खण्ड ३ बर्षमा हुने रुटिङ्ग मेन्टेनेन्स अन्तर्गत सर्फेस ड्रेसिङ्ग मार्फत मर्मत भएको ५ महिना नबित्दै ठाउँठाउँमा फुटेर बाटो बिग्रन थालेको छ ।

ठाउँ–ठाउँमा बाटो फुटेर खाल्टाखुल्टी भएको छ जसले गर्दा यात्रु यात्रा गर्न त कठिन भएकै छ भने यात्रुलाई दुर्घटनाको जोखिम पनि बढदै गएको बताउछन् ।

सडक डिभिजन कार्यालय बुटवलले ३ बर्षभित्रमा ति बाटोमा एक पटक रुटिङ्ग मर्मत गर्ने कार्य गर्ने गर्दछ । करोड रुपैया लागतमा मर्मत गरिएको ति दुईटा बाटो ५ महिना भित्रै फुटन थाल्यो यो कस्तो किसिमको मर्मत हो? भनि डिभिजन कार्यालयलाई जनताको प्रश्न छ ।

जिल्लामा पर्ने भैरहवाँ–भुमही बाईपास सडक, परासी–महेसपुर, सुनवल–परासी, पुर्वपश्चिम राजमार्गमा पर्ने सुनवल–बर्दघाट, बर्दघाट–बेलाटारी, महेसपुर–त्रिवेणी सहितका विभिन्न भित्री पिच सडकहरु ठाउँ–ठाउँ फुटेर ध्वस्त बनेको छ तर यसको समयमै मर्मत कार्य नभएकाले यात्रुलाई यात्रा गर्न समस्या भैरहेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले बताए ।

सडक निर्माण तथा मर्मत भएको केहि बर्षमै यसरी ठाउँ–ठाउँमा खाल्टाखुल्टी पर्न भनेकै पक्कै यो असारे विकास एवं गुणस्तरहिन कार्य भएको मानिन्छ । अहिले बर्षाको समय छ सडकमा भएको खाल्टाखुल्मा बर्षाको पानी जमेर बाटो भरि हिलो–हिलो भएको छ । सडक डिभिजन कार्यालय र सम्बन्धित निकायले समयमै बाटोको मर्मत नगरि दिँदा यात्रुलाई यात्रा गर्न अप्ठयारो भएको अध्यक्ष उपाध्यायले बताए ।

यता सडक डिभिजन कार्यालयले बाटोमा भएको खाल्टाखुल्टीलाई पुरेर बाटो मर्मत गर्न टेण्डर गरिसकेको बताएको छ । अहिले बर्षाले पिचको कार्य गर्न नसकेर बाटो मर्मतमा ढिलाई भैरहेको कार्यालयले सफाई दिदै बाटोमा ओभरलोडेड सवारी सधानको गुडाई र बाटोमा बर्षाको पानी जमेर बाटो बिग्रेको कार्यालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here