नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ । यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।