परासी, १० असार । नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कुल १ अर्ब ४२ करोड बढिको बजेट प्रस्तुत गरेको छ । नगरपालिका नगर प्रमुख धनपत यादवको अध्यक्षतामा भएको १४ नगर सभामा उप प्रमुख सम्झना चौधरीले आर्थिक बर्ष २०८१÷०८१ का लागि कुल १ अर्ब ४२ करोड, ४० लाख, ७८ हजार ८ सय रुपैया बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । सभामा प्रस्तुत बजेटमा संघिय सरकार तर्फ सम्पुरक शसर्त अनुदान ६५ करोड, ३७ लाख, प्रदेशको सम्पुरक शसर्त अनुदान ३ करोड, ४९ लाख ६२ हजार रहेको पालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख धनपत यादवले जानकारी दिनु भयो ।
विपद व्यवस्थापन, सडक बत्ति बक्यौता, लागत सहभागिता लगायतका खर्च तर्फ २ करोड ३५ लाख, तलबभत्ता तथा चालु प्रशासनिक खर्च तर्फ १५ करोड, ५१ लाख, ९२ हजार ६ सय, रिङ्ग रोड, करिडोर, रंगशाला, वडा कार्यालय भवन निर्माण र स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि पशु सेवा लगायत तर्फ २३ करोड, ९० लाख १८ कजार २ सय रुपैया बिनियोजन गरिएको सम्मेलनमा नगर प्रमुख यादवले जानकारी दिनु भयो ।
त्यस्तै वडा स्तरीय योजना तथा कार्यक्रम निर्माणका लागि ८ करोड, ८२ लाख रुपैया बिनियोजन गरिएको छ भने, कृषि पशुसेवा स्वास्थ् शिक्षा, खानेपानी, प्रशासन र विषयगत शाखाहरुका लागि ६ करोड, ४५ लाख ६ कजार र गतबर्ष अल्या, क्रमागत योजना तर्फ १६ करोड, ५० लाख रुपैया रहेको पत्रकार सम्मेलन मार्फत नगर प्रमुख यादवले जानकारी दिनु भयो ।
सभामा पालिकाको आगामी निति तथा कार्यक्रम नगर प्रमुख धनपत यादवले प्रस्तुत गर्नु भएको थियो । निति तथा कार्यक्रममा पालिकाले सबै वडा छुनेगरि रिङ्गरोड निर्माणको अवधारणा सार्वजनिक गर्दै सोको रेखाङ्कन र डिपिआर लगायतका कार्यका लागि पहिलो चरणमा ५० लाख रुपैया बिनियोजन गरेको छ । त्यस्तै अधुरो खानेपानीका आयोजनाहरु संचालनमा ल्याउने, विद्यार्थीलाई व्यवसायी बनाउने, किसान संग मेयर कार्यक्रम, कृषि मिटर वितरण र १०० जना रोजगार कार्यक्रमहरु पालिकाको गौरवको योजना रहने नगर प्रमुख यादवले जानकारी दिनु भयो । पालिकाले यसबर्ष आन्तरि आय तर्फ ७ करोड रुपैया अनुमान गरेको छ । पत्रकार सम्मेलनमा नगर उप प्रमुख सम्झना चौधरीले अहिलेको बजेट निकै लोकप्रिय र जनहितमा रहेको बताउनु भयो । सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत यम बहादु कुँवर समेतको उपस्थिती रहेको थियो ।