७१ जिल्लामा देखियो डेंगी, सबैभन्दा धेरै संक्रमित काठमाडौंमा

0
118

काठमाडौं,२९ जेठ । सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म देशभरका ७१ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यही जुन ९ सम्म ७१ जिल्लामा डेंगी संक्रमण पुष्टि गरेको छ । यस अवधिमा एक हजार १३० जनामा संक्रमण देखिएको जनाएको छ । ईडीसीडीका अनुसार काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौंमा ११४, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । यस्तै, चितवनमा ७३, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । जुनका ९ दिनमा मात्रै ४८ जना संक्रमित थपिएका छन् । मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको इडीसीडीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here