परासी,२४ बैशाख । जिल्ला स्थित पृथ्वचन्द्र अस्पतालले अस्पतालको सेवा प्रभावकारी बनाउदै सेवा थप गर्ने क्रममा अहिले विगत चार बर्ष देखी बन्द रहेको बालरोग विशेषज्ञ सेवा पुन? सुचारु गरेको छ । बालरोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भए पछि रोकिएको बालरोग विशेषज्ञ सेवा पुन? सञ्चालनमा आएको हो । बालरोग विशेषज्ञ चिकित्सक डा.रोशन पौडेल अस्पतालमा हाजिर भए पछि सो सेवा सुचारु भएको अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट(निमेसु) सर्जन चिकित्सक डा.किरण पाण्डेले जानकारी गराए । केही महिला देखी सिए सहितको महिला तथा प्रसुती सेवा दिदै आए पनि प्रसुति पछिको शिशु(बालक) लाई आवश्यक विशेषज्ञ सेवा दिनमा समस्या थियो,उनले भने, समान्य रुपमा शिशु तथा बालकलाई उपचार तथा सेवा दिदै आएको भए पनि विशेषज्ञ चिकित्सक भन्ने थिएनन्,तर अहिले बालरोग विशेषज्ञ चिकित्सक आई पुगेका छन् । सो सेवा सुचारु भई रहेको छ । उनी यो अस्पतालमा आउनुसँगै अस्पतालमा सिक न्युरेटर केयर युनिट(एसएनसिय) सञ्चालनका लागि तालिममा पठाउने अवसर पनि आएको थियो । सो तालिम लिएर बालरोग विशेषज्ञ सहित अन्य स्वास्थ्यकर्मीहरु आई सकेका छन् । छिट्टै एसएनसियु सेवा पनि अस्पतालले सञ्चालन गर्ने अवस्थामा पुगेको निमेसु डा.पाण्डेले बताए । यसले गर्दा एसएनसियुका लागि यस क्षेत्रका शिशु तथा बालबालिकालाई बाहिर पठाउनु पर्ने बाध्यता पनि टरेको छ ।
पृथ्वीचन्द्र अस्पतालमा विगतका केही घटनाले बदनाम हुदै आएको हुदा अस्पतालमा विशेषज्ञ चिकित्सक आउन नमान्ने अवस्था थियो । तर अहिले अस्पतालको वातावरण चिकित्सक मैत्री हुदै गएको अनुभुति पनि भएको छ । यहाँका नागरिक समाजको तर्फ बाट पनि सहयोग हुदै आएको छ । सबैको सदभावमा वृद्धि भई रहेको छ । यसले गर्दा विशेषज्ञहरुलाई यो अस्पतालमा काम गर्नका लागि प्रोत्साहित गर्दै आएको निमेसु डा.पाण्डेले बताए । अस्पतालमा विशेषज्ञ चिकित्सकहरु क्रमशः थपिदै गएका छन्,उनले भने, यो परासी क्षेत्रकै लागि शुखद कुरा हो । तर चिकित्सकलाई निरन्तर राखी राख्नका लागि पनि आर्थिक स्रोतको ब्यवस्थापन अझै चुनौती नै रहेको छ । अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकले विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन् ,। सरकारी समय भन्दा अतिरिक्त समयमा पनि चिकित्सकहरुले विरामीलाई सेवा दिदै आएका छन् । तर ति चिकित्सकका लागि आवश्यक सहायक स्तरका स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको छ ।