परासी, २९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी रामग्राम नगरपालिका कार्यसमितिले नगरमा बढेको करको चर्काे विरोध गरेको छ । रामग्राम नगरपालिकाले अबैज्ञानिक ढंगबाट एकिकृत सम्पत्ति कर, व्यवसायिक करको दरमा वृद्धि गर्दै विभिन्न शिफारिशमा शुल्क बृद्धि गरेको विरोधमा राप्रपाले विरोध प्रदर्शन गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हो ।
राप्रपा नगर कार्यसमितिका अध्यक्ष रामभवन यादवको नेतृत्वमा पार्टी कार्यालयबाट निक्लेको विरोध ज्लुस बुद्धचोक, हुदै रामग्राम नगरपालिकामा पुगेको थियो । रामग्राम नगरपालिकामा पुगेको उक्त ज्लुसले बृद्धि भएको करको दरलाई पुनरावलोकन गरि परिमार्जन गर्न दबाब दिदै नगर प्रमुख नरेन्द्र कुमार गुप्तालाई ज्ञापन पत्र बुझाई शान्तिचोर स्थित कोणसभामा परिणत भएको थियो ।
नगर अध्यक्ष रामभवन यादवको अध्यक्षतामा भएको कोणसभामा राप्रपाका महामन्त्री धुव्र बहादुर प्रधान, केन्द्रिय सदस्य शिव प्रसाद यादव, जिल्ला पार्टीको कार्यवाहक अध्यक्ष सम्झना चौधरी, जिल्ला सचिव माधवलाल श्रेष्ठ, बरिष्ठ जिल्ला सदस्य खेमराज खरेल, जिल्ला सदस्य श्यामसुन्द्र विश्वकर्मा, जिल्ला सदस्य अमिन जोल्हा, अैनुल अली, रामग्राम वार्ड १ का अध्यक्ष रुद्र प्रसाद उपाध्याय, राप्रपाको पाल्हीनन्दन गाउँपालिका सचिव केदार गिरी, विरेन्द्र चौधरी लगायतले सभामा कर बृद्धिको विरोध गरेका थिए ।