परासी, १९ फागुन । परासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा) शुक्रबार राती भव्यताका साथ सम्पन्न भएको छ । मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) सम्पन्न भएको हो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्व, हजरत मौलाना समिउल्लाह कादरीको अध्यक्षता तथा धर्म गुरु हजरत मौलाना हाजी सैयद शाहिद हुसैन जैदीको प्रमुख आतिथ्यतामा उक्त कांफ्रेन्स (जलसा) सम्पन्न भएको हो ।
![](https://nandanpost.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-02-at-11.38.45_75c1ce5f-1024x472.jpg)
कांफ्रेन्स (जलसा) कार्यक्रममा प्रमुख प्रखर वक्ता हजरत मौलाना गुलाम रसुल बलियावीले ईस्लामिक सन्देश दिदै अब दाईजोमुक्त समाजको निर्माण गर्न आवश्यक रहेको जिकिर गर्नु भयो उहाँले जलसबाट दर्जन बढि व्यक्तिहरुलाई आफनो छोराछोरी विहे गर्दा दाईजो नलिने भनि सपथ गराउदै दाईजोमुक्त समाज निर्माण अभियामा मुस्लिम समुदाय एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनु भयो । जलसमा एकदर्जन बढि व्यक्तिहरुले आफनो छोराको विहेमा कुनै प्रकारको दाईजो नलिने भनि घोषण गर्दै आम जनतालाई समेत सन्देश दिएका छन् ।
ईस्लाम धर्ममा गर्न नहुने दाईजो, जुवातास, शराबखोरी, शुदखोरी, जस्तो विकृतिहरु मुस्लिम समाजमा पनि बढदै गएकोमा यस्तो विकृति र विसंगती जडबाट समाप्त पार्न सबै मुस्लिम समुदाय लाग्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कांफ्रेन्समा समाजिक सदभाव कायम राख्न, धार्मिक सहिष्णुत कायम गर्न, नेपालको विकासमा मुस्लिम समुदायको पनि अहम भुमिका निर्वाह गरिने र समुन्नत समाज निर्माण सबै एकजुट भएर लाग्नेमा वक्ताहरुले जोड दिएका थिए । कांफ्रेन्समा मौलाना मुफती मोहम्मद रजा, मौलाना डाक्टर अमजद रजा अमजदी, ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँया लगायतले समाज सुधारका पक्षहरु राख्दै जलसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि हजरत मौलाना हाजी सैयद शाहिद हुसैन जैदी, विशिष्ट अतिथि हजरत मौलाना एहतसामुद्दिन बरकाती, विशेष अतिथि हजरत मौलाना सुफी सिद्दिक खान लगायतले अतिथिहरुले मुल्के नेपालमा अमनचयन कायम होस, मुस्लिम समुदायको उन्नती प्रगतीको कामना गरेका थिए ।
![](https://nandanpost.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-02-at-11.38.14_e0c4e200-1024x472.jpg)
जलसमा कार्यक्रममा मौलाना सैयद सद्दाम हुसेन मिँया, मौलाना मोहरम निजामी, मौलाना अमानुल्लाह कादरी, मौलाना सेराज अहमद निजामी, मौलाना उमर अलि निजामी, मौलाना ताजुद्दिन नेपाली, मौलाना बदरुद्दिन निजामी समेतलाई सम्मान गरिएको थियो । त्यस्ते ओल्मा काउन्सिल नेपाललाई सहयोग गर्ने ओल्मा, समाजसेवी, पत्रकार, शिक्षाप्रेमी सहति २ दर्जनबढिलाई अवार्ड समेत प्रदान गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसेन मिँयाले जानकारी दिनु भयो । जलसा कार्यक्रममा ३ हजार बढि महिला पुरुषहरुको सहभागिता रहेको थियो ।