आज शुक्रबार परासीमा विशाल फैजाने अहलेबैत कांफ्रेन्स (जलसा) हुदै : जलसाको को तयारी पुरा

0
1086

परासी, १८ फागुन । फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)को तयारी पुरा भएको छ । जिल्लाको परासीमा आज फागुन १८ गते शुक्रबार साँझ ७ बजेदेखि उक्त भव्य कांफ्रेन्स जलसा शुभारम्भ हुने छ । मुस्लिम समुदायको धार्मिक तथा सामाजिक सचेतना बढाउन र ईस्लाम धर्मको सन्देश समाजमा पु¥याउने उद्देश्यले यो कांफ्रेन्स (जलसा) आयोजना गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । उहाँका अनुसार जलसको सबै तयारी पुरा भई सकेको र जलसामा महिला पुरुषहरुका लागि छुट्टाछुट्टै बस्ने र खाने व्यवस्था गरिएको जानकारी दिनु भयो । जलसा कांफ्रेन्सका लागि टेन्ट र मन्च, साउण्ड र श्रोत दर्शकका लागि बस्ने लगायतको व्यवस्थापन भईसकेको छ । जलसामा आउने श्रोत दर्शकहरुका लागि खाना र जलसा सुन्नका लागि सहज वातावरण पनि बनाइएको छ ।
मदरसा जामिया फैजाने अहले बैतद्धारा संचालन हुने यस कांफ्रेन्स जलसामा भारतको मसहुर वक्ता तथा धार्मिक प्रवचनकर्ता हजरत मौलाना गुलाम रसुल बलियावी आउदै हुनुहुन्छ भने इस्लाम धर्मका धर्मगुरु हाजी हजरत अल्लामा मौलाना सैयद ओवैस मुस्तफा वास्तीकादरी ईस्लामि सन्देश र दुआखानीका लागि आउदै हुनु हुन्छ । उक्त कांन्फ्रेन्समा वक्ताकै रुपमा हजरत मौलाना खालिद रजा मिस्बाही, हजरत मौलाना डाक्टर अहमद रजा अमजद लगायत दर्जन बढि वक्ताहरुको उपस्थिती रहने ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । उहाँका अनुसार सायरको रुपमा हजरत मौलाना मोहम्मद तस्लिम रजा मोजफरपुरी, मौलाना सम्साद आलाम नुरी, मौलाना ताजुद्दिन नेपाली, मौलाना अरसद रजा नुरी आउने जानकारी दिनु भयो ।
जलसमा ईस्लाहे मआसरा, दहेज रोकथाम, लागुऔषध दुव्र्यसनी न्युनिकरण, सामाजिक सदभाव जस्तो विषयमा आफनो धारणा प्रस्तुत हनुेछ भने मुस्लिम समुदायमा बढदो विकृति न्युनिकरण गर्न, समुदायमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न, आफनो धर्मसंस्कृति र धार्मिक स्थलहरुको संरक्षणमा एकजुट भई अगाडी बढने जस्तो एजेण्डाहरु कांफ्रेन्समा प्रस्तुत हुने अध्यक्ष मिँयाको भनाई छ ।
उक्त कांफ्रेन्समा ५ हजार बढि दर्शक श्रोताहरुको प्रत्यक्ष उपस्थिती हुने छन् । यो जलसा कांफ्रेन्स रामग्राम नगरपालका वडा २ पुरानो मस्जिटोलमा हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here