परासी,१५ फागुन । जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयमा कार्यशाला गरेकी छिन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न थालेकी हुन् ।
कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै त्यसको निरन्तताका लागि सोमवार वार्ड नं.२ स्थित सिद्धार्थ मावि कुश्मामा कार्यशाला गरेकी थिईन् । विद्यालयमा समाजिक शिक्षक नभएको र सरसफाईमा ध्यान कम पुर्याइएको गुनासो समेत बालबालिकाले उठाएका थिए । सो कार्यक्रममा वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुरेस गुप्ता सहितको सहभागिता रहेको थियो । बालबाकिलाका समस्याबारे उनिहरुले पनि सम्बोधन गरेका थिए ।
वातावरण सरक्षण,सरसफाई र सामुदायिक सदभावबारे विषय केन्द्रित गरि छलफल र प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै बालबालिकाहरुलाई सरसफाईको महत्व सम्झाउदै उपाध्यक्षले सरसफाई(सेनिटेसन) किट समेत हस्तानान्तर गरेकी थिईन् । विद्यालयमा आवश्यक पर्ने कुचो,हर्पिक,फिनाइल,ट्वाईट ब्रस,बाल्टी,मग लगायतको समाग्रि सेनिटेसन किटमा समावेश गरिएको थियो ।
सो कार्यक्रमको प्रमुख उदेश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानिय सरकार र युवा नागरिकहरु बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको छ । त्यसै गरि प्रेरणा जगाउनेमा विद्यार्थीहरुलाई उनीहरुको समुदायमा सक्रिय रुपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने,आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरुलाई सान्दर्भिक मुद्दाहरुमा आफ्ना सोचहरु विचारहरु र चिन्ताहरु ब्यत गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको छ । त्यसै गरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्टभुमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरु देखाउनेमा विद्यार्थीहरुलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरुको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।
कार्यक्रममा सामुदायिक च्याम्पियन कार्यशाला,धार्मिक सदभाव संवाद,सेवा शनिवार,विद्यार्थी परिषद सम्मेलन,भविष्यका नेता पुरस्कार समारोह जस्ता इभेन्टहरु बनाइएका छन् । नेपालको संविधान २०७२ को धारा २४८ सँग मिल्दोजुल्दो कार्यक्रम बनाइएको जस्ले विकासका पहलहरुमा युवा सहभागितालाई प्रवद्र्धन गर्ने स्थानीय सरकारहरुको दायित्वलाई जोड दिईने र यसले युवा नीति २०७५ सँग पनि प्रतिध्वनित गर्नुको साथै यसले युवाह्रुलाई समाजिक र राजनीतिक प्रकृयाहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने उपाध्यक्ष अंसारीको भनाई रहेको थियो ।
उनका अनुसार यो सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीहरुसँग उपाध्यक्ष भेटघाट कार्यक्रमले युवा दिमागहरुलाई शसतिकरण गर्ने,सामुदायिक बन्धनलाई सुदृढ गर्ने,जिम्मेवार र संलग्न नागरिकहरुको पुस्तालाई पालनपोषण गर्ने अनुपम अवसर प्रस्तुत गर्दछ । उनीहरुको विचार,प्रतिभा र नेतृत्व क्षमतामा लगानी गरेर सामुहिक रुपमा अग्रणी नेपालको उज्जवल भविष्य निर्माणमा सहयोगी बन्ने दाबी उनको थियो ।