पाल्हीनन्दनका मेलमिलापकर्तालाई पुर्नताजगी तथा क्षमता अभिबृद्धि तालिम

0
500

परासी, १५ फागुन । पाल्हीनन्दनमा मेलमिलापकर्ताहरुलाई पुर्नताजगी तथा क्षमता अभिबृद्धि गर्न दुईदिनका लागि तालिम संचालन गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा न्याययिक समितिकि संयोजक फातुमा खातनु अंसारी (सकिना) को अध्यक्षतामा गाउँपालिकाको न्यायिक समितिले गाउँपालिकाको सभाहलमा उक्त दुईदिने तालिम संचालन गरेको हो । तालिमको औपचारिक उद्दघाटन पश्चात मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने कार्य गरिएको छ । तालिममा पालिकाको न्यायिक समिति र पालिकाको ६ वटै वडामा रहेका मेलमिलापकर्ताहरुको उपस्थिती रहेको छ । उक्त दुई दिने तालिममा प्रशिक्षकको रुपमा अधिवक्ता सरस्वती शर्माले प्रशिक्षण गरिरहनु भएको छ । तालिममा मेलमिलापकर्ताहरुलाई मुद्दा कसरी मेलमिलाप गराउने, र नयाँ कानुन र नियमावली बारेमा जानकारी दिदै उनीहरुको क्षमता अभिबृद्धि गर्नै कार्य गरिने न्यायिक समितिकि संयोजक फातुमा खातुन अंसारीले जानकारी दिनु भयो ।

तालिममा गाउँपाकिला उपाध्यक्ष एवं न्यायिक समितिकि संयोजक फातुमा खातनु अंसारीले (सकिना) सहभागी मेलमिलापकर्ताहरुलाई प्रवद्र्धन गर्न, क्षमता अभिबृद्धि गराउन र थप भएका नयाँ नयाँ कानुनी प्रावधानका बारेमा थप ज्ञान दिदै मेलमिलापकर्ताहरुलाई जागरुक बनाउदै थप शसक्तिकरण गर्न यो कार्यक्रम आयोजना गरिएको जिकिर गर्नु भयो । उहाँले पालिकामा प्रदान हुने न्यायिक सेवालाई थप चुस्तदुरुस्त बनाउन मेलमिलापकर्तालाई प्रवद्र्धन र शसक्तिकरण गर्न जरुरी रहेको जिकिर गर्नु भयो ।

त्यस्तै कार्यक्रममा गाउँपालका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले मेलमिलाकर्ताले यस तालिमबाट पाउने ज्ञानको व्यवहारमा उतार्न आग्रह गर्दै न्यायिक क्षेत्रमा विनविनको माध्यमबाट मुद्दामामिलाहरु मेलमिलापकर्तालाई मेलमिलाप गराउन सजिलो हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यस तालिमबाट प्राप्त हुने कानुनी ज्ञान र मेलमिलाप गराउने टिकसले न्याय सम्पादनमा न्यायिक समिति र मेलमिलापकर्तालाई समेत सहज हुने जिकिर गर्नु भयो ।
कार्यक्रममा वडा २ का वडा अध्यक्ष जगदिश प्रसाद गुप्ता, वडा ३ का वडा अध्यक्ष गोधन प्रसाद हरिजन, प्रशिक्षक अधिवक्ता सरस्वती शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिममा सहभागी मेलमिलापकर्तालाई झोलाहरु समेत वितरण गरिने न्यायिक समितिले जनाएको छ । तालिममा न्यायिक शाखाका कर्मचारीले सहजीकरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here