मदरसा जामिया उम्मेहबिबा गुल्सनेरजा बेलासपुरमा खत्मे बुखारी सरिफ कार्यक्रम सम्पन्न

0
398

परासी, १५ फागुन । मदरसा ईस्लामिया आधारभुत विद्यालय व जामिया उम्मेहबिबा गुल्सने रजा बेलासपुरमा खत्मे बुखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ । मदरसा व्यवस्थापन समितिका अध्यक्ष तबरेज आलम खानको अध्यक्षता तथा हजरत मौलाना सुफि सिद्दिक खानको प्रमुख आतिथ्यतामा उक्त खतमे बुखारी सरिफ कार्यक्रम सम्पन्न भएको हो । उक्त मदरसामा अध्ययनरत छात्राहरुले आफनो ईस्लामिक धर्मज्ञान तर्फको पढाई सकेपछि यो खतेम बुखारी सरिफको कार्यक्रम राखिएको थियो । उक्त मदरसामा निस्वा अर्थात गर्लस विद्यालय पनि संचालन छ ।

उक्त निस्वाँ मदरसामा हुने पठन पाठन तर्फ आलमियत तथा फजिलत कोर्षको पढाई सकेपछि एक विज्ञ आलिमलाई बोलाई खतमे बुखारी सरिफ कार्यक्रम राखिन्छ जसमा बुखारी सरिफको अन्तिम हदिस पढेर त्यसको वृहद परिभाषा र कथा ब्यान गरिन्छ त्यसपछि दोआ मागिन्छ । खत्मे बुखारी सरिफमा सहभागी अध्ययनरत छात्राहरुले आलमियत तथा फजिलतको दस्तारबन्दी अर्थात आउदो फागुन १९ गते दिक्षान्त समारोहमा दिक्षित हुने कार्यक्रम रहेको मदरसाका अध्यक्ष तबरेज आलम खानले जानकारी दिनु भयो ।

खतमे बुखारी सरिफ कार्यक्रममा मुफती मौलाना नुरआलाम अंसारी, मौलाना ईल्यास अलि, मदरासका प्रधानाचार्य मौलाना नैमुल्लाह खान, मौलाना ताजुद्दिन निजामी, शिक्षक समसेर आलम अंसारी, मौलाना तैयब अलि अंसारी लगायत स्थानिय अभिभावक र मदरसामा अध्ययनरत २ सय बढि छात्राहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमा नातिया कलाम, तकरीर, ईस्लामिक सन्देश सामाजिक सदभाव कायम राख्न तथा धार्मिक सहिष्णुता कायम गर्ने जस्तो विषयमा चर्चा परिर्चाचा भएको थियो । कार्यक्रममा वक्ताहरुले ईस्लाम र त्यसको संस्कृति संरक्षणका लागि मुस्लिम समुदाय एकजुट भई अगाडी बढन निष्कर्ष निकाले थिए । उक्त मदरसाकाे फागुन १९ गते शनिवार दिउसाे महिला जलसा तथा छात्राहरूलाइ दिक्षित गर्न दिक्षान्त समाराेह हुने मदरसाका शिक्षक समशेर अालम अंसारीले जानकारी दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here