मदारबाबा भेटीको रकम हिनामिना गर्ने पुर्व अध्यक्ष जमालुद्दिन अंसारीलाई कार्वाहीको माग

0
415


परासी, २९ भदौ । मदार बाबाबाट उठेको लाखांै भेटि रकम हिनामिना गरेको मदर्सा स्लामिया कुतबुल मदारशाह संस्थाका पुर्व अध्यक्ष जमालुद्दिन अंसारीलाई कार्वाहीको माग गरिएको छ । मदार बाबा धार्मिक स्थलको संरक्षण र प्रबद्धर्न गर्ने उद्देश्यले विगतमा दर्ता भएको सो संस्थाका पुर्व अध्यक्ष अंसारीले विगत १० बर्षदेखि मदारबाबाको मेलामा उठेको लाखांै रुपैया भेटी रकम हिनामिना गरि हिसाब किताब नबुझाएकाले उनलाइ कर्वाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो ।

मदारबा बाबा धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न २०७३ सालमा सुस्ता गाउँपालिका २ महबारीमा गठित कुतबुल मदारशाह दरगाह कमेटीले आरोपित पुर्व अध्यक्ष अंसारीले भेटी रकम हिनामिना गरेको, हालको संस्थालाई भाडन र मदारबाबालाई बदनाम गराउन विभिन्न षडयन्त्र गरिरहेकाले अंसारीलाई कार्वाही गराउन सो कमेटीका पदाधिकारी एवं सदस्यहरु जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

भदाै २८ गते विहिवार पुर्व अध्यक्ष अंसारीले सो क्षेत्रका सोझासाझा जनताहरुलाई भ्रममा पारी परासी ल्याई बर्तमान कमेटीले लगाएको २०७४ सालमा मदार बाबा मेलाबाट उठेको भेटी रकमको लेखाजोखा माग्दै विरोध प्रदर्श गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका थिए । पुर्व अध्यक्ष अंसारीले बैधानिक बर्तमान कमेटीलाइ भाडन र मदारबाबा धार्मिक स्थल बदनाम गराउन स्थानिय जनतामा भ्रम छरिरहेको अंसारीलाई सम्बन्धित निकायद्धारा कार्वाहीको माग गरेको बर्तमान कमेटीका अध्यक्ष निजामुद्दिन मिँयाले बताए ।

विगत लामो समयदेखि जिल्ला प्रशासनमा, अध्यक्ष जमालुद्दिन अंसारीको अध्यक्षतामा मदरसा स्लामिया कुतबुल मदारशाह र आदम खानको अध्यक्षतामा कुतबुल मदारशाह धार्मिक क्षेत्र संरक्षण संस्था दर्ता भई मदारबाबाको मेला लगाउदै आएका थिए ।

मदारबाबा मेलामा उठेको भेटी रकम र विभिन्न निकायबाट प्राप्त अनुदान रकमको विषयमा पटक पटक दुबै संस्थाबिच झैझगडा भई भेटी रकम हिनामिना गरेको आरोप प्रत्योरोप लाग्दै आएको थियो तर यस विवादलाई सामाधान गर्न र भेटी रकमलाई सुरिक्षत गर्न जिल्ला प्रशासन कार्यालयले आफनो रोहबरमा वि.स २०७३ असार १७ गते एकिकृत विशेष साधारण सभाबाट दुबै संस्था एकिकृत गर्दै दुबै संस्थाको अध्यक्ष फाली निजामुद्दिन मिँयाको अध्यक्षतामा कुतबुल मदार शाह दरगाह कमेटी गठन गराएको थियो ।

दुबै पक्षले मिलेर अध्यक्ष निजामुद्दिनको अध्यक्षतामा गठित कमेटी सहयोग गर्ने निर्देशन दिएपनि पुर्व अध्यक्ष जमालुद्दिन अंसारीले सो निर्णयकोे विरोध गर्दै कमेटी, प्रशासन, प्रहरी माथि उच्च अदालत तुल्सीपुर बुटवलमा रिट दायर गरेका थिए तर त्यो रिट अनुचित भएकाले अदालतले सो रिट खारे समेत गरेको संस्थाको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

मदारबाबाको भेटी रकम हिनामिना गरेको आरोपमा पुर्व अध्यक्ष जमालुद्दिन माथि अख्तियारमा उजुरी परि हाल मुद्दा समेत चलिरहेको कमेटीका सचिव अजमुद्दिन अंसारीले बताए । कमेटीको अध्यक्ष बन्न पुर्व अध्यक्ष जमालुद्दिन अंसारीले कुनै दाउ नपाएपछि अहिले विभिन्न षडयन्त्र रचिरहेको र बर्तमा कमेटीलाई भाडन स्थानिय जनतालाई भ्रममा परि मदार बाबा संरक्षण सघर्ष समिति बनाएर संस्थाको चर्काे विरोध गरिरहेको सचिव अजमुद्दिन अंसारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here