परासी, १२ फागुन । पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीमा फागुन १८ गते विशाल फैजाने अहलेबैत कांफ्रेन्सको (जलसा) आयोजना गरिएको छ । मुस्लिम समुदायको धार्मिक तथा सामाजिक सचेतना बढाउन र ईस्लाम धर्मको सन्देश आम गर्ने उद्देश्यले उक्त कांफ्रेन्स (जलसा) आयोजना गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । मुस्लिम समुदायमा बढदो विकृति न्युनिकरण गर्न, समुदायमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न, आफनो धर्मसंस्कृति र धार्मिक स्थलहरुको संरक्षणमा एकजुट भई अगाडी बढने जस्तो एजेण्डाहरु कांफ्रेन्समा प्रस्तुत गरिने छ अध्यक्ष मिँयाको भनाई छ ।
मदरसा जामिया फैजाने अहले बैतद्धारा संचालन हुने उक्त कांफ्रेन्स आउदो फागुन १८ गते अर्थात १ मार्च तारिख दिन शुक्रबार रातीमा हुने आयोजकले जनाएको छ । उक्त कांफ्रेन्समा भारतको मसहुर वक्ता तथा धार्मिक प्रवचनकर्ता हजरत मौलाना गुलाम रसुल बलियावी आउने निश्चित भएका छन् । प्रखर वक्ता बलियावीले ईस्लाहे मआसरा, दहेज रोकथाम, लागुऔषध दुव्र्यसनी न्युनिकरण, सामाजिक सदभाव जस्तो विषयमा आफनो धारणा प्रस्तुत गर्नु हुने छ ।

त्यस्तै कांफ्रेन्समा इस्लाम धर्मका धर्मगुरु हाजी हजरत अल्लामा मौलाना सैयद ओवैस मुस्तफा वास्तीकादरी ईस्लामि सन्देश र दुआखानीका लागि आउदै हुनु हुन्छ । उक्त कांन्फ्रेन्समा वक्ताकै रुपमा हजरत मौलाना खालिद रजा मिस्बाही, हजरत मौलाना डाक्टर अहमद रजा अमजद लगायत दर्जन बढि वक्ताहरुको उपस्थिती रहने ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । उहाँका अनुसार सायरको रुपमा हजरत मौलाना मोहम्मद तस्लिम रजा मोजफरपुरी, मौलाना सम्साद आलाम नुरी, मौलाना ताजुद्दिन नेपाली, मौलाना अरसद रजा नुरी आउने जानकारी दिनु भयो । त्यस्तै कांफ्रेन्समा नेपाल भारतबाट धर्मावलम्बी मौलाना, कारी हाफिज गरि सयबढि वक्ताहरु रहने छन् । उक्त कांफ्रेन्समा ५ हजार बढि दर्शक श्रोताहरुको प्रत्यक्ष उपस्थिती हुने अध्यक्ष मियाँले जानकारी दिनु भयो । यो कांफ्रेन्स रामग्राम नगरपालका वडा २ पुरानो मस्जिटोलमा हुदैछ । यसलाई मुस्लिम समुदायमा जलसाको नामले चिनिने गरिन्छ । उक्त कांफ्रेन्समा जिल्लादेखि बाहिर जिल्लाका नेताहरु, स्थानिय जनप्रतिनिधिहरु समेतको उपस्थिती रहने छ भने त्यसको तयारी तिब्र रुपमा भैरहेको आयोजक संस्थाले जनाएको छ ।