परासी, ११ फाल्गुन। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा गठित अन्तर धार्मिक शान्ति सञ्जाल सामाजिक सद्भाव कायम का लागि सक्रिय भएको छ। सामाजिक सद्भाव कायमका लागि पाल्हीनन्दन अन्तर धार्मिक शान्ति सञ्जालले हिजो एक कार्यक्रम गरी संदेश प्रवाह गरेको छ। पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा अवस्थीत हरपुर मा.वि. हरपुरमा सामाजिक सद्भाव कायमका लागि सचेतनामुलक कार्यक्रम गरिएको छ। पाल्हीनन्दन अन्तर धार्मिक शान्ति सञ्जालका उपाध्यक्ष ताजुद्दिन अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष जगदिश प्रशाद गुप्ताको प्रमूख अतिथिक्तामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले समाजमा सबै जातजाति धर्म समुदायको अति नै आवश्यकता पर्ने हुँदा आपसी सम्बन्ध कायम राख्दै समृद्ध समाज निर्माणका लागि भूमिका निर्वाह गर्न बताए। कार्यक्रममा पाल्हीनन्दन अन्तर धार्मिक शान्ति सञ्जालका उपाध्यक्ष ताजुद्दिन अंसारी,सम्पूर्नानन्दन मिश्र,रंजीत शर्मा लगायतका वक्ताले समाजमा भाइचाराको सम्बन्ध कायम राख्दै सामाजिक सद्भाव कायम राख्नका लागि ५० भन्दा बढी विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए भने कार्यपालिका सदस्य लिलावती हरिजन,छोटेलाल पासवान,वार्ड सदस्य रामसजिवन गुप्ता, विश्वनाथ यादव,हरपुर मा.वि.हरपुरका प्रधानध्यापक पुरुषोतम गुप्ता,लेखापाल रविन्द्र हरिजन लगाएको उपस्थिती रहेको थियो।