परासी, १० फागुन । पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले विद्दार्थीहरूकाे गुनासाे सुन्न विद्दालय पुग्न थालेकि छिन । सामुदायिक तथा धार्मिक विद्दालयका विद्दार्थीसंग उपाध्यक्ष भेटघाट मार्फत उपाध्यक्ष फातुमा विद्दार्थीका गुनासा सुन्ने र साे सामाधानका लागि पालिकामा छलफल गरि याेजना बनाइ अगाडी बढने उनकाे उद्देश्य छ । विहिवार सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न विद्यालयसँग उपाध्यक्ष कार्याक्रम सञ्चालन शुरू गरेकी हुन । विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम सञ्चालन गरेकी हुन् ।
सो कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ स्थित हरपुर माविमा गर्दै बालबालिका तथा विद्यालयको समस्या बुझ्ने कार्य गरेकी थिईन् । कोलिय मिडिया एण्ड आईटी सोलुसन प्रालिको सहजीकरणमा भएको कार्यक्रममा कक्षा ६,७ र ९ गरि कुल ७५ जना बालबालिकाको सहभागिता रहेको थियो । उपाध्यक्षसँग बालबालिकाले उपाध्यक्षको काम कर्तब्य र अधिकारबारे जिज्ञासा राखेका थिए । त्यसै गरि विद्यालयमा समाजिक शिक्षक नभएको,विद्यालय कम्पाउण्डको कार्य पुरा नभएका कारण बाहिरी उत्छृख्ल केटाहरु विद्यालयमा बस्ने गरेको,विद्यालय वरिपरि लागु औषध सेवनकर्ताहरु आउने बस्ने गर्दा विद्यालयका बालबालिकामा पनि नकारात्मक प्रभाव परेको जस्ता समस्या राखेका थिए ।
त्यसैगरि विद्यालयमा प्रयाप्त खेलकुद समाग्रि नभएको र भएको समाग्रि पनि प्रयोग गर्न नपाएको गुनासो सुनाएका थिए । खानेपानी,सडक पुर्वाधार जस्ता समस्या पनि दर्साएका थिए । गाउपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारीले उपाध्यक्ष स्थानिय सरकारको अध्यक्ष पछिको दोश्रो प्रमुख ब्यतिm मात्रै नभई गाउपालिकाको न्यायपालिका सरहको न्यायिक समितिको अध्यक्ष,योजना तथा अनुगमन प्रमुखको पनि भुमिका रहेको हुदा सबै समस्या सुनाउन बालबालिकालाई प्रोत्साहन गरेकी थिईन् । जिल्लामा सम्भवतः यो पहिलो गाउपालिका हो,उनले भनिन्,जुन बालबालिकासँग प्रत्यक्ष सुनुवाई गर्नका लागि विद्यालयसँग उपाध्यक्ष कार्यक्रम मार्फत समस्या संकलन र उपाध्यक्षको भुमिकाबारे जानकारी गराइएको हो । यसले बालबालिकालाई अगामी दिनमा आफु जस्तै नेतृत्वदायि भुमिकामा अग्रसर गराउने छ ।
कार्यक्रममा वार्ड अध्यक्ष जगदिस गुप्ताको समेत सहभागिता रहेको थियो । सो विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुप्ताले यस्तो खालको कार्यक्रम पहिलो पटक विद्यालयमा आउनु खुशीको कुरा भएको बताए । विद्यालयका बालबालिकाहरुले आफ्नो नजिकको स्थानिय सरकारका कुरा बुझ्न पाएका छन्,उनले भने, आफ्ना समस्या र विद्यालयको समस्या पनि प्रत्यक्ष राख्न पाएका छन् । यो गाउपालिकाको नमुना कार्यक्रम रहेको छ,उनले थपे, यसलाई कुनै न कुनै प्रकारले निरन्तरता दिदै लैजानु पर्छ ।
सो कार्यक्रममा १२ जना छात्र छात्राले आफ्नो जिज्ञासा र प्रश्न उपाध्यक्ष अंसारी समक्ष राखेका थिए । उपाध्यक्ष अंसारीले जिज्ञासा मेटाउदै आएको प्रश्नको जवाफ दिदै बालबालिकाको मागलाई आफुले अगामी योजना कार्यक्रममा समावेश गरिने प्रतिवद्धता समेत जनाएकी थिईन् । उनले कार्यक्रमको समापन गर्दै बालबालिकाहरुलाई सरसफाईको महत्व सम्झाउदै सरसफाई(सेनिटेसन) किट समेत हस्तानान्तर गरेकी थिईन् । विद्यालयमा आवश्यक पर्ने कुचो,हर्पिक,फिनाइल,हैण्डवास,ट्वाईट ब्रस,बाल्टी,मग लगायतको समाग्रि सेनिटेसन किटमा समावेश गरिएको थियो ।
सो कार्यक्रमको प्रमुख उदेश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानिय सरकार र युवा नागरिकहरु बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको छ । त्यसै गरि प्रेरणा जगाउनेमा विद्यार्थीहरुलाई उनीहरुको समुदायमा सक्रिय रुपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने,आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरुलाई सान्दर्भिक मुद्दाहरुमा आफ्ना सोचहरु विचारहरु र चिन्ताहरु ब्यतm गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको छ । त्यसै गरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्टभुमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरु देखाउनेमा विद्यार्थीहरुलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरुको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।
कार्यक्रममा सामुदायिक च्याम्पियन कार्यशाला,धार्मिक सदभाव संवाद,सेवा शनिवार,विद्यार्थी परिषद सम्मेलन,भविष्यका नेता पुरस्कार समारोह जस्ता इभेन्टहरु बनाइएका छन् । नेपालको संविधान २०७२ को धारा २४८ सँग मिल्दोजुल्दो कार्यक्रम बनाइएको जस्ले विकासका पहलहरुमा युवा सहभागितालाई प्रवद्र्धन गर्ने स्थानीय सरकारहरुको दायित्वलाई जोड दिईने र यसले युवा नीति २०७५ सँग पनि प्रतिध्वनित गर्नुको साथै यसले युवाह्रुलाई समाजिक र राजनीतिक प्रकृयाहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने उपाध्यक्ष अंसारीको भनाई रहेको थियो ।
उनका अनुसार यो सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीहरुसँग उपाध्यक्ष भेटघाट कार्यक्रमले युवा दिमागहरुलाई शसतिmकरण गर्ने,सामुदायिक बन्धनलाई सुदृढ गर्ने,जिम्मेवार र संलग्न नागरिकहरुको पुस्तालाई पालनपोषण गर्ने अनुपम अवसर प्रस्तुत गर्दछ । उनीहरुको विचार,प्रतिभा र नेतृत्व क्षमतामा लगानी गरेर सामुहिक रुपमा अग्रणी नेपालको उज्जवल भविष्य निर्माणमा सहयोगी बन्ने दाबी उनको थियो ।