परासी,४ फागुन । जिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भित्रको पर्यटकिय तथा अत्यावश्यक स्थानको जानकारी दिइने गरि सुचना बोर्ड राखेको छ । गाउपालिकाको अन्तिम सिमा रामग्राम ७ को उजैनी गाँउको दक्षिण तर्फ महेशपुर परासी सडकमा सो सुचना बोर्ड राखेको हो । स्थान र दुरी सहित सम्बन्धित स्थानको तस्विर सहित राखेर सुचना बोर्ड राखिएको सो सुचना बोर्ड स्थानपनाका संयोजक ज्ञानेश्वर सहानीले जानकारी गराए । सुचना बोर्ड राख्न गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता,उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहितको उपस्थितीमा राखिएको उनको बताए ।
महेशपुर भन्सार,प्रवेशद्धार,गाउपालिका कार्यालय,पाल्हीनन्दन अस्पताल,शिवपार्वत सिद्धधाम लोहरौली,पाल्ही भगवती मन्दिर,विसुनपुरा भन्सार नाकाको चिमनटोलवा,प्रचीन नन्दन सिटी,नन्दन ताल लगायतको क्षेत्रको दुरी समेत उल्लेख गरिएको छ । यसरी आफ्नो गाउपालिका भित्रका महत्वपुर्ण स्थानको परिचय दिईने गरि सुचना बोर्डले आउने देशी विदेशी पर्यटक तथा आगन्तुकलाई ति स्थानमा पुग्न सो बोर्ड सहयोगी हुने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । यस प्रकारको सुचना भारतिय सिमानाकाम समेत अगामी दिनमा राखिने उनको भनाई थियो ।