पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन तयार ः हस्तानान्तरण पछि डायलसिस सेवा थप हुने

0
43

परासी,८ फागुन । जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेसँगै अस्पताल भित्र डायलसिस सेवा पनि सुचारु हुने भएको छ । डायलसिस सेवा जिल्लामा नभएको हुदा नयाँ भवनको हस्तानान्तरसँगै डायलसिस सेवा सुचारु हुने अस्तपतालले जनाएको हो । रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको र यसै बर्ष भवन हस्तानन्तरण भएर अस्पतालको स्वामित्वमा आए पछि अस्पतालका लागि आवश्यक पुर्वाधार हुने भए पछि डायलसिस सेवा सुचारु गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले जानकारी गराए । यो जिल्लाबाट सो सेवा लिनका लागि बुटवल र भैरहवा जान परेको छ, उनले भने, भवन अस्पतालको स्वामित्वमा आए पछि डायलसिस सेवा सुचारु हुन्छ । यसका लागि अस्पतालका केही स्वास्थ्यकर्मीले तालिम लिई सकेका छन् । केही जनशतिm प्रदेश सरकारले उपलब्ध गराउने र त्यसका लागि विज्ञापन गरि सकेको छ । छिट्टै ति जनशतिm पनि आउने र पुर्वाधार पनि पाउने भए पछि अस्पतालले नयाँ सेवा डायलसिस सुचारु हुन्छ । यसले जिल्लाबासीलाई लाभ पुग्ने उनको भनाई थियो ।
त्यसैगरि पिसिआर भवन समेत निर्माण भई सकेको अवस्थामा पुगेको उनले बताए । सो भवनलाई पिसिआर परिक्षणसँगै केन्द्रिय प्रयोगशालाको रुपमा सञ्चालन गर्ने योजना समेत अस्पतालको रहेको डा.पाण्डेले भने,केन्द्रिय प्रयोगशाला भए पछि हाल भई रहेका परिक्षण बाहेक थप परिक्षणहरु हुनेछ । त्यसका लागि जिन स्पट,कल्चर टेष्ट लगायतका टेष्टहरु समेत हुनेछ । उनका अनुसार लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ ।
५० सैयाको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको तत्कालिन भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीको पहलमा उतm भवनको बजेट परेको थियो । भवनको शिलान्यास समेत चौधरीले नै गरेका थिए । गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिए पछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले जानकारी गराएका थिए ।
उनका अनुसार फागुन मसान्तसम्म उक्त भवन अस्पताल विकास समितिलाई हस्तान्तरण गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले रु १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागत भन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माणाधीन नयाँ भवनको रङरोगन र फिनिसिङको काम भइरहेको छ । वित्तिय प्रगति ९१ प्रतिशत र भौतिक प्रगति ९५ प्रतिशत भइसकेको छ’, उनले भने, ’फागुनसम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम गरिरहेका छौँ ।’ जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका थिए ।
यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । भौतिक पूर्वाधार काम सम्पन्न हुनेवित्तिकै फागुन अन्तिमदेखि नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उनको भनाइ थियो ।
नयाँ र पुरानो भवनमा आवश्यकता अनुरुपका सेवा कक्षहरु बनाईने छ । अध्यक्ष गुप्ताले भने, ’पुरानो भवनमा भएका उपकरण सार्नु पर्ने हुन्छ । नयाँ भवनमा सर्दा केही संरचना निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता परेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ।’ प्रादेशिक अस्पतालका रुपमा सञ्चालन तथा व्यवस्थापनका लागि थप जनशक्तिको आवश्कता पर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको उनले बताएका थिए ।
अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।
दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज,प्रेस,निजी क्षेत्र,प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here