गाईभैसीमा देखिने बाँझोपन हटाउन घरदैलो ‘डोर टु डोर’ सेवा

0
359

परासी,२६ पुस । जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्न थालेको छ । घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरुको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्य शुरु गरेको हो ।


पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई भैसी मध्ये अधिकाँसमा बाझोपन जस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभुती सिँहले बताईन् । उनका अनुसार पशु स्वास्थ्यकर्मी सहित चिकित्सकहरुको टोली पशुपालक किसानको डोर टु डोर पुग्ने र सेवा दिईने अभियानको रुपमा चलाईको छ । यसले पशुपालक कृषकमा उत्साह थपिएको छ, उनले भनिन्,किसानहरुले यस्तो पहिलो पटक घरदैलोमै आएर पशु(गाईभैसी)को समस्या बुझ्ने कार्य भई रहेको छ । पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रुपमा देखिएको छ । पशु विरामी हुदा त किसानले थाहा पाउने र उपचारका लागि आफै सक्रिय हुने गरेको भए पनि बाँझोपनलाई समस्याको रुपमा नलिई समान्य रुपमा हेर्ने गरेको हुदा यस्मा किसानले सकेसम्म ति गाईभैसीलाई पाल्ने र नसके विक्रि गर्नुका साथै छाडा पनि छाडिदिइने गरेका छन् ।


खास गरि भैसीको मासु नेपालमा खाने प्रचलनले बाँझो भैसी त मासुका लागि विक्रि भई नै हालेका छन्,डा.सिँहले भनिन्,तर गाईलाई काट्ने मासु खाने नेपालमा खुलेयाम प्रचलन नभएको हुदा छाडा छाड्ने समस्या देखिएको हो । यसले छाडा गाईको संख्या बढनु एउटा कुरा हो,तर त्यसले किसानका लागि घाटा पनि हो । बाँझोपन समस्यालाई निराकरण गर्न सकियो भन्ने पशुपालक किसानलाई नोक्सानी ब्यहोर्न नपर्ने उनको भनाई थियो । गाईभैसी बाँझोपनको उपचार पनि हुन्छ,भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ,भन्ने डोर टु डोर सेवामा दिईने कार्य गरिएको छ । घरेलु उपचार,स्याहासुसार जस्ता चेतनाको जानकारी गराउदै नमुना छनौटमा परेका पशुको चिकित्सा उपचार पनि गरिएको चिकित्सक डा.सिँहले बताईन् ।


उनका अनुसार सुनवल नगरपालिकामा ५१ वटा गाई र १४ वटा भैसीमा बाँझोपन देखिएको थियो । त्यसैगरि वर्दघाट नगरपालिकामा पनि ३४ गाई र १७ वटा भैसीमा बाँझोपन समस्या भेटियो,पशु चिकित्सक डा.सिँहले भनिन्,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली घरमै पुगेर सेवा दिदा किसानमा खुशी देखियो । पशुपालन तर्फ उत्साह पनि ब्यतm गरेका थिए । यो सेवा निरन्तताको अपेक्षा पनि किसानले गरेको उनको भनाई थियो । एउटा फर्ममा ५ वटा पशुमा बाँझोपन देखिएकोले यो समस्या जिल्ला भरि धेरे हुन सक्ने अनुमान रहेको छ । यसलाई अभियानकै रुपमा अब पशु सेवा केन्द्रले सञ्चालन गर्ने बताउदै उनले नगरपालिका र गाउपालिका भित्र रहेका पशु सेवा शाखाले पनि सक्रियता देखाउनु पर्ने आग्रह गरिन् ।


स्थानिय तहमा पशु चिकित्सक नभए पनि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रसँग सहकार्य गरेर पनि गाउपालिका र नगरपालिकाले यो अभियानको निरन्तरता दिईनु पर्छ । गाउपालिका तथा नगरपालिकाले आफ्नो आर्थिक विकास शाखाको प्रमुख आधार कृषि पशु र उद्योगलाई राख्ने तर त्यस क्षेत्रमा प्रभावकारी लगानी गर्ने कार्य प्राथमिकतामा नपर्ने देखिएको छ । पुर्वाधारलाई प्राथमिकता त्यसपछि समाजिक क्षेत्र रहेको तर स्थानिय सरकारको आर्थिक विकास शाखा भनेर चिनाउने क्षेत्रमा लगानी कम भेटिनु दुखद भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए । स्थानिय तह पनि जनतासँगको नजिकको सरकार हो,तर सरकारको प्राथमिकतामा आर्थिक विकास परेको देखिएको छैन । प्रदेश सरकारसँग सहकार्य गरि विज्ञ सेवा पनि दिलाउन सक्छ,त्यसका लागि पशु सेवा विज्ञ कार्यालय तत्पर रहेको उनको भनाई थियो । बाँझोपनको समस्याका प्रमुख कारण लम्पी स्किन,खोरेत तथा अन्य महामारी रोग आउनुका साथै पशुलाई दिईने सन्ुतलित आहारा नहुदा सन्तुलित पोषण अभावका कारण पनि बाँझोपन बढेको उनले बताए ।


साँढे वा राँगो खोज्दा पशुले विभिन्न लक्षणहरु देखाउछ,जस्मा प्राथमिक लक्षण अरु पशुलाई आफू माथि उक्कलन दिइनु महत्वपुर्ण लक्षण मानिन्छ । शुरुको अवस्था आफु आर्को पशुमाथि उक्ले पनि स्टाण्डिगँ हिटमा भने अरु पशुलाई आफु माथि उक्लन दिन्छ । यि बाहेक सुत सुन्निनु,सूतको भित्रिभागमा रातो अथवा गुलाफी रँग जस्तो देखिनु तुरतुर पिसाब फेरि रहनु,दुध घटाउनु,कराउनु जस्ता लक्षण समेत देखाएको बारे किसानलाई सुझाव दिइएको थियो । त्यसै गरि सबै पशुमा यस्ता लक्षणहरु राम्रोसँग नदेखिन पनि सक्छ । यस्तो ऋतुकाललाई मन्द ऋतुकाल भनिन्छ । यस्तोमा पशुको प्रत्यक्ष हेरचाह गर्ने ब्यतिm अझ चनाखो हुनु जरुरी छ र प्राविधिकले पनि भित्रि अंगहरुको परिक्षण गरी निर्कयौल गर्न जरुरी हुन्छ ।


प्रजनन दर उच्च हुनका लागि मुख्यत ऋतुकाल पहिचान गर्ने दक्षता कृत्रिम गर्भाधानकर्ताको क्षमता पशुको प्रजनन क्षमता र वीर्यको प्रजनन क्षमतामा भर पर्ने गर्छ । यसका लागि गर्भ रहने दर बढाउन ऋतुकाल शुरु भएको १२ देखी २० घण्टा भित्रको समयलाई कृत्रिम गर्भाधान गराउन उपयुतm समय मानिन्छ,सोही बेला कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु मन्द ऋतुकालमा हुन सक्छ त्यस्तो अवस्थामा किसान चनाखो हुनु पर्छ र प्राविधिकले प्रजनन अंग परीक्षण गरेर मात्र पशु ऋतुकालमा आए नआएको निधो गर्नु पर्छ । पशु ब्याएको कम्तीमा पनि ४५ देखी ६० दिन पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशु तुहाएको छ भने त्यस्तो अवस्थामा दुईवटा ऋतुकाल छोडेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ ।


यसैगरि कहिलेकाही गर्भाधानमा पनि पशु ऋतुकालमा आउन सक्छ यस कारण कृत्रिम गर्भाधान गर्नु पुर्व इतिहास लिने र गर्भ परिक्षण गर्ने कार्य गर्नुपर्छ । यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याइएको भए कम्तीमा पनि १५ मिनेट आराम गर्न लगाई त्यसपछि मात्र कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु विरामी भएको अवस्थामा वा ज्वरो आएकोमा कृत्रिम गर्भाधान गर्नु हुदैन यदि गरेमा पनि गर्भधारण दर कम हुन्छ । यदि पशु ऋतुकालको समय १७ दिन भन्दा कम र २५ दिन भन्दा बढि छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशुलाई दाना वा अनाजमा भन्दा धेरै खनिज पदार्थ हरियो घाँसमा हुन्छ । हरियो घाँस खान नपाएको अवस्थामा मिनरल मिक्स्चर किनेर दानामा मिसाएर खुवाउनु पर्ने हुन्छ,जस्ता सन्देश पनि यो अभियान भित्रै दिदै आएको केन्द्रले जानकारी गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here