सरावल गाउँपालिकाद्वारा बजार अनुगमन

0
56

परासी ,२६ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्रको मुख्य बजार क्षेत्र अनुगमन गरेको छ। मंगलबार पालिकाको वडा नम्बर १ ,२ र ३ को मासु पसल, खाद्यान्य र दैनिक उपभोग्य बस्तुको अनुगमन गरेको हो । सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनको नेतृत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा , याेजनाशाखा प्रमुख ईश्वरी प्रसाद खनाल , लेखाशाखा प्रमुख नारायण पाण्डेय , प्रशासनशाखा प्रमुख देशकान्त बस्याल , स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनाल ,कृषि शाखा प्रमुख कुलदिप मिश्र ,प्रशासन सहायक राजन बस्याल , उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष नगेन्द्र चाैधरी तथा प्रहरी चौकी प्रमुख , नगर प्रहरी एवं पत्रकार लगाएतकाे सहभागितामा व्यवसायमा अनुगमन गरिएको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, दर्ता , नविकरण तथा मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको हाे । बजार अनुगमनको क्रममा पसलहरुलाई म्याद सकिएका सामानहरु तत्काल हटाउन र म्याद नसकिएको सामान मात्र बिक्री वितरण गर्न टोलीले निर्देशन दिएको छ । अनुगमन समितिले मासु पसलहरूलाई अझ बढी सफा सुग्घरमा ध्यान दिन निर्देशन दिएको छ । त्यस्तै अनुगनका क्रममा थोक बजारमा रहेका पसलहरूले प्रमाणपत्र नराखेको, बिक्री विजक जारी नगरेको भेटिएपछि प्रमाणपत्र राख्न निर्देशन दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो । त्यस्तै पसलहरू पालिकामा सूचीकृत नभएको, साइन बोर्ड नभएको, नवीकरण नगरिएको, मूल्यसूची नभएको, खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै व्यवस्थापन नगरिएको, म्याद गुज्रिएका सामानहरू भेटिएको, मदिराजन्य पदार्थ इजाजतविना बिक्री–वितरण गरिएको, फेन्सी पसलमा गुणस्तरीय सामग्री र गुणस्तरहीन सामग्रीको व्यवस्थापन नगरिएको, खरिद बिल नभेटिएको, कास्मेटिक पसलमा फेन्सी सामग्री राखेर बिक्रीवितरण गरेको भेटिएको पालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here