चिसो बढेपछि सरावल गाउँपालिकाद्वारा दाउरा वितरण

0
56

परासी ,२६ पुस । चिसोका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले चाेक चाैरहा एवं विभिन्न स्थानमा दाउरा वितरण गर्न शुरु गरेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, शीतलहर चल्ने लगायत मौसम प्रतिकूल हुन थालेपछि दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थालेपछि दाउरा बितरण गर्न सुरुवात गरिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै त्यसबाट प्रभावितलाई राहतस्वरुप सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मकाे बजारका चोकचोकमा दाउरा वितरण गरिएकोे पालिका अध्यक्ष चाैधरीले बताउनुभयो ।

पालिका अध्यक्ष चाैधरीले शीतलहर सँगै चल्ने चिसो हावाका कारण केही दिनयता जनजीवन प्रभावित बन्दै गएपछि बजारका मुख्य मुख्य चोकमा दाउरा वितरण गरिए पनि आजदेखि भित्री बस्ती तथा चोकमा समेत दाउरा वितरण गरिने जानकारी दिनुभयो । मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवले बताउनुभयो । दाउरा पाउनसाथ स्थानीय खुशी ब्यक्त गरेका छन। शीतलहर सँगै चिसो अत्यधिक बढ्दै गएपछि यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बालबालिका , गर्भवती महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here