सुस्ता, २९ भदाै । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा वडा न. ६ स्थित झुलनीपुर बजारमा अवस्थित शौचालय प्रयोग बिहिन अवस्था हुन पुगेको छ। साबिक गुठी परसौनी २०७२ साल जेष्ठ ६ गते खुल्ला दिशा मुक्त गाविस घोषणा भएपनि अहिले उक्त बजारका स्थानिय ब्यपारीहरुले खुल्ला ठाँऊमा जान बाध्य भएका छन ।
भारत र नेपाल बाट दिनहुँ हजारौ मानिसहरुको आवत जावत हुने गाऊपालिको मुख्य नाका समेत मानिन्छ । दिनहु हजारौ मानिसहरुको प्रयोगमा हुदै आएको उक्त बजारमा शौचालयको उचित संरक्षण तथा संम्बर्धन हुन नसकेको हुदाँ स्थानिय र यात्रीहरुलाई निकै कठिनाई भोग्न परेको स्थानिय ब्यपारी कन्हैया कुमार हरिजनले बताऊनु भयो ।
बिषेश गरि मुख्य बजार तथा मुख्य नाका बाट चिनिने उक्त बजारमा यात्री तथा स्थानिहरुको सहजको लागी आर्थिक बर्ष ७२/७३ मा सांसदकोटा बाट करिब ५ लाख रुपयाको अनुदान रकम बाट सार्वजनिक प्रतिक्षालय सगै शौचालयको निर्माण भएपनि उचित संरक्षण बिना प्रयोगमा आऊन नसकेको र दिनहु बजार दुर्गन्धित बन्दै पुगेको हरिजनले बताए ।
करिब २०० को संख्यामा ब्यापारीहरुको लागी ब्यापारको ठाऊ भएपनि बजार ब्यस्थान समिति नभएको हुदाँ सम्बन्धित निकायको ध्यान पुग्न नसेको हुदाँ बजारनै सरसफाईको दृष्टिकोणले चुनौती बन्न पुगेको छ ।