पृथ्वीचन्द्र अस्पतालको अध्यक्षमा महेन्द्र गुप्ता पुनर्बहाल : अध्यक्ष गुप्ताले सम्भाले आफ्नो कार्यभार

0
1185

परासी, ११ पुस। पृथ्वी चन्द्र अस्पतालका निबर्तमान अध्यक्ष महेन्द्र प्रसाद गुप्तालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि अस्पतालमा उहाँको आज पुनः पदस्थापन भएको छ। महेन्द्र गुप्ता बुधवार एक कार्यक्रम बीच पृथ्वी चन्द्र अस्पताल बिकास समितिको अध्यक्ष पदमा पुनः पदभार ग्रहण गर्दै आफ्नो काजकाममा फर्केका हुन।

अध्यक्ष गुप्ताको १ बर्ष बढि कार्यकाल रह्दै लुम्बिनीको मन्त्री परिषदले नवलपरासी सहित प्रदेशको १३ वटै प्रादेशिक अस्पतालका अध्यक्षहरुको नियुक्ति खारेज गर्दै अर्को अध्यक्ष नियुक्त गरेको थियो। मन्त्री परिषदको सो निर्णय विरुद्ध अध्यक्ष गुप्ताले सर्वोच्च अदालतमा रिट हालेका थिए जुन रिटको सुनुवाइमा सर्वोच्च अदालतले पुस ५ गते गुप्तालाई अध्यक्ष पदमा पुनर्बहाली गर्न आन्तरिम आदेश जारी गरेको थियो।

बुधबार पृथ्वीचन्द्र अस्पतालको सभाहलमा अध्यक्षको पुनः पदस्थापन कार्यक्रममा अध्यक्षको पदमा गुप्ता पदभार ग्रहण गर्दै अस्पतालको चौतर्फी बिकासका बारेमा चालेको अभियान पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। अध्यक्ष गुप्ताले आफ्नो पछिल्लो समयको कार्यकालमा अस्पतालको सेवा र अस्पतालको बिकासमा सबै क्षेत्र सङ समन्वय गर्दै अगाडि बढ्दै गएको जानकारी दिदै अस्पताल सेवालाई थप प्रभावकारी बनाउन भरपुर कोसिस गर्ने जिकिर गर्नु भयो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका उप सभापति बिक्रम यादब, एमालेका प्रतिनिधि रामचन्द्र भन्डारी, जसपा अध्यक्ष धरेन्द्र यादब, लोसपाका अध्यक्ष मुकुरजी गिरि, राप्रपा नगर अध्यक्ष रामभवन यादब, संविधानसभा सदस्य अलाउद्दिन अन्सारी, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण पान्डे लगायतले शुभकामना मन्तव्य राख्दै अस्पतालको बिकास र प्रदान हुने सेवालाई प्रभावकारी बनाउन सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here