कजरिया रमेश टायल उद्योगको ट्रष्ट ढल्दा १० जना मजदुर घाईते

0
291

परासी, ११ पुस। नवलपरासीको बर्दघाट १२ भटौलियामा निर्माणाधिन एक टायल मार्बल उद्योगको ट्रष्ट ढल्दा १० जना घाईते भएका छन् । कजरिया रमेश टाइल्स उद्योगको निर्माणाधिन ट्रष्ट क्रेनले जाेडिरहेकाे अवस्थामा बुधबार साझ ट्र्ष्टको पोलहरु ढल्दा उक्त दुर्घटना भएको हो।

२ बिगहा क्षेत्रफलमा फैलिएको उक्त निर्माणाधिन उद्योगकाे ट्रष्ट ढल्दा १० जना घाईते मध्ये सबै मजदुर रहेको बताइएको छ। उनिहरुको उपचार बर्दघाटमा रहेको चौपत्ता सामुदायिक अस्पतालमा भईरहेको प्रहरीले जानकारी दिएको छ।

घटना बुझ्न पत्रकार जादा र स्थानिय काम्दारका आफन्त जान खोज्दा कम्पनीको कर्मचारी घट्ना स्थल प्रबेश गर्न नदिई घट्ना ढाकछोप गरिरहेका आरोप लगाईएको छ। ट्र्ष्ट ढल्दा उद्योगमा ठुलै क्षती हुने अनुमान गरिएको छ। यो उद्योग टायल र मार्बल उत्पादन गर्न निर्माण भै रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here