परासी,७ पुस । विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावट गर्नमा ब्यस्त देखिएका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाको झण्ड सक्रिय देखिएको छ । वृक्षारोपण क्षेत्र यसरी एक साँस्कृतिक पार्क बन्ला भनेर स्थानियहरु सोचेका थिएनन्,तर समयले अहिले आफैले वृक्षारोपण गरिएको क्षेत्र सुन्दर पार्क बनाउन पाउदा थारु महिलाहरु खुशी ब्यतm गरेका थिए ।
पार्कको रुपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले अहिले काम गर्नमा ब्यस्त देखिनको आर्को कारण पनि विगत डेढ दशक देखी माघि मेला महोत्सव हुदै आएको सरावल २ मनरी स्थित जनता मावि मनरी परिसरबाट सार्नु पनि रहेको छ । यो बर्ष देखी सो मेला थारु साँस्कृतिक पार्कमा हुने तयारी भई रहेको छ । विद्यालय देखी झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उतm पार्कमा यो बर्ष देखी खिचडी महोत्सव तथा माघी मेला हुने भए पछि स्थानिय पार्क ब्यवस्थापनमा जुटेका हुन् ।
थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिए पछि स्थानियबासी पनि थारु समुदायले बर्षेनी माघे संक्रान्तिको अवसरमा लगाउदै आएको मेला पनि सोही पार्कमा ब्यवस्थित गर्न थालेको स्थानियले बताए । विद्यालय परिसरमा मेला सञ्चालन गर्दा विद्यालयको पठन पाठनलाई अवरोध सृजना पनि नहुने भएको छ , स्थानियले भने, अहिले गाँउ नजिकै बन्दै गरेको थारु साँस्कृतिक पार्क भित्रै यो मेलालाई पनि ब्यवस्थित गरिएमा पार्कको पनि प्रवद्र्धन हुनेछ । विद्यालय परिसर अस्थाई हो,उनले थपे,तर यो पार्कमै उतm मेला लगाउदा पार्कको पनि प्रवद्र्धन हुदै जानेछ । मेलामा बनाईने धेरै जसो थारु ंस्कृति झल्किने खालको पुर्वाधारहरु स्थाई रुपमा पार्क भित्रै सुरक्षित र संक्षक्षित पनि हुने भएको छ । यसले गाउलेमा उत्साह समेत बढाएको छ ।