परासी, २८ भदौ । मापदण्ड विपरित परासीमा संचालित विभिन्न राईसमिल उद्योगहरुको प्रदुषणले गर्दा परासीबजार प्रभावित भएको छ । सदरमुकाम परासी स्थित संचालित विभिन्न चिउरा, चामल उद्योगहरु मापदण्ड विपरित छन् भने ति उद्योगहरुको प्रदुषणले परासीका बासिन्दाहरुको स्वास्थ्यमा नाकारात्मक असर समेत गर्दै आएको छ ।
उद्योहरुले फालिएको धुँवा तथा खरानीले गर्दा बजारनै प्रभावित भएको छ । उद्योगको बढदो प्रदुषणले गर्दा बालबालिका, तथा जनमानसको स्वास्थ्य, कपडा लत्ता, बालीनाली समेतलाई हानी पुरायाएको परासी बासीहरुले बताएका छन् । धुवाँ तथा प्रदुषणले अधिकांश मानिसको आखा विग्रने, टिभी रोग लाग्ने, पेटदुख्ने, झाडापखाला लाग्ने र मानिसहरु दिनप्रति अस्वस्थ्य हुदै गएको छन् भने कपडा सुकाउदा धुवाधुलोले कालो हुने र बालीनाली समेत प्रभावित हुदै बजारभरि नै प्रदुषणको आतन्क मचेको छ ।
बढदो प्रदुषण न्युनिकरण गर्न पटक पटक सम्बन्धित निकायमा आग्रह गर्दा भने अहिले सम्म कुनै सुनुवाई नभएको स्थानियल बासिन्दाले बताए । बढि प्रदुषण गर्ने हरि राईसमिल, काली राईसमिल र गणेश राईसमिल लगायतका विभिन्न राईसमिल उद्योगहरु रहेका छन् ।
प्रदुषणको मारमा बसीरहेको परासी बासीहरुले विभिन्न रोगको संक्रमणमा पर्ने गरेका छन् । यदि सम्बन्धित नियकाले चाडो भन्दा चाडो कुनै पहल गरेन भने यो ठुलो समस्याको रुप लिन सक्ने स्थानिले बताए । यसै सेरोफेरोमा केहि पुराना उद्योग संगै विभिन्न नयाँ कम्पनीहरुपनि खुलेका छन् । अब परासी प्रदुषणको चपेटामा परि यसको भविष्यनै अध्कारमा पर्ने अनुमान गरिएको छ ।