परासी, ४ पुष। मदरसाहरुमा रामग्राम नगरपालिकाद्वारा मौलाना शिक्षक नियुक्तीको माग गर्दै ज्ञापन पत्र बुझाईएको छ। ओल्मा काउन्सिल नेपालले रामग्राम नगरपालिकाका मदरसामा ( विद्यालय) पनि नगरपालिकाको तर्फबाट तलबभत्ता खानेगरी उर्दुअरबी बिषय पठन पाठन गराउनका लागि मौलाना शिक्षकको ब्यस्था मिलाउन माग सहित ज्ञापन पत्र बुझाएको हो।
गत मंगलवार ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले नगर प्रमुख धनपत यादबलाई ज्ञापन पत्र बुझाउदै मदरसाको अवस्था समेत बारे जानकारी गराउनु भएको थियो। अध्यक्ष हुसैन मियाले, यस नगरमा कुल ६ वटा मदरसा र १ वटा धार्मिक विद्यालय रहेको बताउदै ती मदरसाहरुमा विद्यार्थीको अनुपातमा मौलाना शिक्षक नरहेकोले पठन पाठन गराउन समस्या भैरहेको हुदा उक्त सम्स्या सामाधान गर्न यो ज्ञापन पत्र बुझाईको जानकारी दिनु भयो।
मदरसाहरु नेपाल सरकारको शिक्षाको मुलधारमा आइसकेका छन। मदरसामा पनि ४ वटा बिषयमा नेपाली, अङ्ग्रेजी, गणित बिज्ञान र ४ वटा बिषय उर्दु अर्बीको रहेकोमी साधारण तर्फको ४ वटा निषय पढाउन २/३ जना शिक्षक हुने तर उर्दुको ४ बिषय पढाउन न्युनतम तलबमा १ जना मात्र मौलाना शिक्षक रह्ने हुदा समस्या भैरहेको अध्यक्ष हुसैन मियाको तर्क रहेको छ।
मदरमा मौलाना शिक्षक करार दरबन्दीका लागि यसै जिल्लाको सरावल र सुस्ता गाउँपालिकाले ब्यस्था मिलाई मौलाना शिक्षक नियुक्त गरि शिक्षण गराई रहेको छ तसै अनुसार यस रामग्राम नगरपालिकाले पनि एन र कार्यबिधी बनाई सबै मदरसामा मौलाना शिक्षकको ब्यस्था मिलाउन ओल्मा काउन्सिलको माग रहेको ज्ञापन पत्रमा उल्लेख छ। साथै मदरसको पनि अनुगमनका लागि पालिकाको शिक्षा समितिमा बिज्ञ मौलानालाई पनि सदस्यको रुपमा राख्न समेत आग्रह गरिएको थियो।
यता नगर प्रमुख धनपत यादबले यश बिषय नियमानुसारको प्रक्रिया अगाडि बढाउन प्ररिबधता जनाउनु भयो।