सरावलमा उपाध्यक्ष मप कपर्दी प्रतियोगिता सुरु

0
345

परासी, १३ मंसिर। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ धनगढवामा आज उपाध्यक्ष कप कपर्दी प्रतियोगिता स्वास्थ्य,शिक्षा,कृषि र पुर्वधार : समृद्ध सरावलकाे आधार भन्ने मुल नाराका साथ सरावल गाउँपालिकाकाे आयाेजना तथा जय बजरंग युवा क्लब सरावल ५ धनगढवाकाे स्थानीय क्लबकाे सहयाेगमा सुरु भएकाे छ ।

गाउँले स्तरिय कपर्दी प्रतियोगिता तथा पालिका स्तरिय खेलाडी छनाैट प्रतियोगितामा २७ वटा टिमहरु दर्ता भएकाे आयाेजकले जनाएकाे छ भने कपर्दी प्रतियोगितामा प्रथम हासिल गर्ने टिमलाई रु ५१०००/- नगद सहित मेडल र कप,द्वितीय हासिल गर्ने टिमलाई रु ३१०००/- नगद सहित मेडल र कप,तृतीय हुने टिमलाई रु २१०००/- नगद सहित मेडल र कप र सान्त्वना हासिल गर्ने टिमलाई रु ५०००/- नगद सहित मेडल र कप प्रदान गरिने सरावल गाउँपालिका प्रवक्ता एवम् वडा नं ४ का वडा अध्यक्ष सुरेश प्रसाद यादवले जानकारी दिनुभयाे ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगाैती यादव ( रुदल )ले उपाध्यक्ष कप कपर्दी प्रतियोगिता समुद्घाटन ह युवाहरुकाे लागि खेलकुद आवस्यक रहेकाे भन्दै सरावलका खेलाडीहरुले जिल्ला देखि प्रदेश सम्म हरेक खेलामा अगाडि रहेकाे उहाँले जाेडदिनुभयाे । थप सहयाेगकाे लागि आफू खेलाडीहरू लागि सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षतामा उद्घाटन भएकाे कपर्दी प्रतियोगितामा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चाैधरी,पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा,राजनीतिक दलहरुकाे तर्फ बाट जनमत पार्टीका शैलेस चाैधरी,सम्पूर्ण वडा अध्यक्षहरुकाे तर्फबाट वडा नं ५ लक्ष्मण चाैधरी लगायतले बाेल्नु भएकाे थियाे भने स्वागत मन्तव्य वडा नं ५ का पुर्व अध्यक्ष दिनेश सहानीकाे रहेकाे कार्यक्रम संचालक गाेपी चन्द्र हरिजनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here