बाटोमा निर्माण सामाग्रीले परासी बजार अस्त व्यस्त

0
409


परासी, २८ भदौ । परासी बजारमा जता ततै बोटमा निर्माण सामाग्री राख्नाले बजार अस्तव्यस्त भएको छ । परासी बजारको मेन तथा भित्री सडकहरुमा राखिएकोे गिटीबालुवा, मिस्कट र सर–समाले सेवा ग्राही तथा यात्रुहरुलाई आवत जावत गर्न अप्ठयारो भए संगै बजार पनि अस्तव्यस्त भएको छ ।

पटक पटक नगरपालिकाले घरधनीलाई खसालिएको ढुंगा मिस्कट, गिटीबालुवा व्यवस्थित गर्न आग्रह गरेपनि घरधनीहरुले अटेरी समेत गर्ने गरेको रामग्राम नगरपालिकाले जानकारी दिएको छ । घरको आगनमा गिटीबालुवा खसाल्ने ठाउँ छैन भोली पल्ट यसलाई व्यस्थित गर्छु भन्छन तर काम सकिसक्दा पनि बाटो सफा गर्दैनन् । बजार व्यवस्थित गर्न नगरपालिकाले ठेल्ला, पान टंकी, बाख्रा, टहरा, निर्माण समाग्रीहरु व्यवस्थापन गर्न नसकेकाले बजार कुरुप बन्दै गएको छ ।

त्यसैगरि परासी महेसपुर सडक खण्डमा बाटोको आधी बाटो र छेउछेऊमा गिटीबालुवा, ढुँगा, पान टंकी छाप्रो, ठेल्ला लगायतको सामाग्री राख्नाले बाटो यात्रा गर्न निकै समस्या भएको चालकहरुले बताएका छन् । एका तिर ति सामाग्रहरुले गर्दा बाटो सागुरो भएको छ अर्काे तर्फ विपरित दिशातर्फबाट आईरहेको सवारीलाई साईड दिन कठिनाई समेत हुने गरेको चालहरुले जानकारी दिए । बाटो सफा गराउ यसको सम्बन्धित निकाय मौन बसीहरेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here