लुम्बिनी चिनीमिलकाे प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानिय आन्दोलित

0
425

परासी, ११ मंसिर । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न स्थानियले माग गरेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा संचालित लुम्बिनी चिनी मिलको बढदो प्रदुषणले स्थानियको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानिय आन्दोलित बनेका हुन् । सुनवलका स्थानिय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरि सोमबार पत्रकार सम्मेलन आयोजना गरि प्रदुषण न्युनिकरण नगरे थप दबाबमुलक कार्यक्रमहरु गर्ने चेतावनी दिएका हुन् । प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजक युवराज ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य खडक बहादुर बस्नेतको प्रमुख आतिथ्यता, पुर्व मेयर भिम बहादुर थापाको विशिष्ट आतिथ्यतामा सुनवलमा आयोजित पत्रकार सम्मेलनमा चिनी मिलको प्रदुषणले सुनवलमा हैरानी र सोको न्युनिकरणका लागि उत्तम विकल्प बारे छलफल भएको थियो ।

वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चिन सरकार बिच भएको सम्झौता अनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि संचालनमा रहेको चिनी मिल २०६२ सालमा निजिकरण भएदेखि झनै प्रदुषणको अवस्था बढदै गयो । चिनी मिल संचालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको छ भने डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारीरहेको संघर्ष समितीका उप संयोजक टेक प्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

चिनी मिलले विगत बर्षदेखि नै मिलबाट प्रदुषण न्युनिकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वय गरेको छैन । मिल संचालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनिकरणका लागि कुनै उपाय नअपनाउदा हामी सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताउनु भयो । उहाँले, मिलले प्रदुषण न्युनिकरण नगरि मिल चलाए चलाउन नदिने भन्दै, आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमुलक कार्यहरु गर्ने चेतावनी दिनु भयो ।

८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरि ३ वटा कारखाना संचालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा बस्ने र सुखाउने कपडामा टाँसिएर फोहोर हुनुका साथै स्वास लिन समेत अप्ठयारो बनाएको छ भने उता डिस्टिलरीबाट निस्किने प्रदुषित पानी सिधै खोलामा मिसाउदा बजारनै दुर्गन्धित हुदै खोलाको चलचरण समते नष्ट हुने गरेको संघषर््ा समितिको आरोप छ । चिनीमिलबाट पालिकाको वडा १,३,४ र ६ प्रत्यक्ष मारमा छ भने यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका संघर्ष समितिका सदस्य प्रदिप अर्यालले जानकारी दिनु भयो ।यता मिलको प्रदुषण न्युनिकरणका लागि मिल र डिष्टिलरीमा आधुनिक प्रविधिको जडान गरि प्रदुषण न्युनिकरणका लागि सुनवल नगरपालिकाले पनि समन्वय र पहल गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here