अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सिंहदरबारमा छलफल सुरू

0
154

काठमाडौं, ५ मंसिर । अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ ।समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।मंगलबारको बैठकमा आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here