सुनवलमा मन्सिर २१ देखि तेश्रो महोत्वस मेला संचालन हुदै

0
60

परासी, १ मंसिर । उद्योग बाणिज्य संघ सुनवलले तश्रो सुनवल महोत्वस २०८० आयोजना गर्न लागेको छ । कृषि उद्योग व्यपार कला र संस्कृति, समग्र सुनवलको उन्नती भन्ने मुल नाराका साथ संघले यो तेश्रो सुनवल महोत्वस मेला लगाउने तयारी जुटेको छ । संघले आज पत्रकार सम्मेलन मार्फत नगर, जिल्लामा उत्पादित बस्तु र सेवालाई एउटै छानामुनी अवलोकन गराउने उद्देश्यले यो तेश्रो सुनवल महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।

यहि मंसिर २१ गतेदेखि संचालनमा आई पुष ४ गतेसम्म लागातार १४ दिन चल्ने उक्त महोत्सवको तयारी सुनवल उद्योग बाणिज्य संघले तिब्र रुपमा गरिरहेको संघका अध्यक्ष रमेश कर्माचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । उहाँले, यस महोत्वसमा २०० स्टल रहने, १ लाख दर्शकले मेला अवलोकन गर्ने र करिब १० करोडको कारोबार हुने संघको अपेक्षा रहेको जिकिर गर्नु भयो । मेलामा बाल उद्यान, सांस्कृति कार्यक्रम, सेल्फीजोन, र यहाँका पर्यटन झल्किने चित्रहरु मुख्य आकर्षण रहने छन् भने मेलामा तयारी पोसाक, जुत्ताचप्पल, घरायसी उपभोगका सामाग्री, ईलेक्टिक बस्तु, हस्तकलाबाट उत्पादित बस्तु, जडिबुटी, विभिन्न कल्चर झल्किने खानपानहरु समेतको स्टलहरु रहने महोत्वस मुल आयोजक समितिका संयोजक समेत रहेको अध्यक्ष कर्माचार्यले जानकारी दिनु भयो ।

सुनवल उबा संघले यो तेश्रो पटक मेला आयोजना गर्दैछ । यो व्यपार मेला संचालन गर्दा करिब ५५ लाख रुपैया खर्च हुने अनुमान गरेको छ । यस व्यपार मेलाले करब १३५०० वर्ग मिटरको क्षेत्रलाई ओगटने छ । यो बर्ष जिल्लाको यो पहिलो महोत्व मेला हुने हुँदा यस मेलामा दर्शकको राम्रो भिडभाड र आर्थिक कारोबार समेत हुने संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले जानकारी दिनु भयो ।

मेला सफल बनाउन यहाँका उद्योगी, व्यपारी, स्थानिय निकाय, नगरपालिका, प्रहरी, प्रशासन, पत्रकार जगत, र नागरिकहरुको सकृय सहभागीता रहने संघले विश्वास लिएको संघका सचिव ऋषिराम तिवारीले जिकिर गर्नु भयो । मेलाको तयारीका लागि प्रायोजक, नगरपालिका, स्थानिय प्रशासन, स्टेकहोल्डर, उद्योग तथा बाणिज्य संघ संस्थाहरु संग समन्वय सहकार्य भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here