सुनवलमा वित्तिय साक्षरता कक्षा शुरू

0
113

परासी,८ आश्विन । सुनवल नगरपालिकामा दाेश्राे चरणकाे वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको सुभारम्भ भएकाे छ । नगरपालिकाले वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई शसक्तिकरण गर्न उक्त कक्षा सुरू गरेकाे हाे । विदेशमा कमाएर पठाइएको पैसा कसरी बचत गर्ने र वैदेशिक रोजगारीले घरमा उब्जिने विभिन्न समाजिक तथा मनोवैज्ञानिक समस्यालाई कसरी ब्यवस्थापन गर्ने भनि २१ दिइने साक्षरता शिक्षाको सुभारम्भ नगरपालिकाकी मेयर विमला अर्यालले गरेकी हुन् । सुनवल वार्ड नं.१ सुनवल सामुदायिक अध्ययन केन्द्रको सभाहलमा प्रत्येक साताको सोमवार सञ्चालन हुने गरि उतm कक्षाको सुभारम्भ गर्दै मेयर अर्यालले घरका पुरुषले परिश्राम गरि कमाएको रकम घर पठाउदा त्यसको उचित ब्यवस्थान गर्न समेत उनले सहभागिहरुलाई आग्रह गरेकी थिईन् । स्वदेशमा रोजगारी सृजना हुन नसक्दा विदेश जान परेको कुरालाई स्मरण गर्दै उनले विदेशमा दुःख गरि कमाईएको रकमको फजुल खर्चमा नलगाई सुक्षित र उत्पादन मुलक काम लगाउनु पर्ने आग्रह गरेकी थिईन् । वैदेशिक रोजगारीले एक प्रकारको विप्रेषण त भित्रिएको छ, उनले भनिन,तर घर र समाजमा केही मनोसमाजिक समस्याको पनि सृजना गर्ने गरेको छ । नगरपालिकाले समेत विदेशबाट फर्केर विदेशको शिप प्रयोग गरि स्वदेशमै काम गर्न चाहनेलाई समेत अनुदान प्रोत्साहन गर्दै आएको कुरा पनि बताएकी थिईन् ।

सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत नै यो साक्षरता कक्षालाई निरन्तरता दिइने कार्य भई रहेको र प्रत्येक बर्ष नगरपालिका क्षेत्र भित्र चार वटा छुट्टा छुट्टै स्थानमा कक्षा सञ्चालन हुदै आएको छ । यो आर्थिक बर्षको कक्षा मध्ये पहिलो कक्षा भएको र यसको सुभारम्भ मेयर अर्यालले गरेकी थिईन् । अघिल्लो बर्षमा पनि यस्ता साक्षरता कक्षा सञ्चालन गरि समुह गठन गरिएको छ । ति समुहमा विभिन्न उत्पादन मुलक,शिपमुलक तालिम समेत सञ्चालन भएका छन् । नियमित बैठकहरु समेत हुदै आएको जानकारी गराइएको थियो । एउटा कक्षामा २५ देखी ३० जनाको हुने गरेको छ । कक्षामा सहभागि हुने सहभागिबाट प्रतिवद्धतापत्रमा भराई हस्ताक्षर समेत गराईने गरिएको छ । जस्मा वैदेशिक रोजगारीमा रहेका ब्यतिmहरुका परिवारका लागि सञ्चालित वित्तिय साक्षरता र मनोसमाजिक परामर्श कक्षामा नियमित सहभागि हुन मन बचन र कर्म देखी निम्न अनुसारको प्रतिवद्धता ब्यतm गर्दछु भनेर हस्ताक्षर समेत गराइने गरिएको कार्यक्रममा परिचालकहरुले बताएका थिए । त्यसमा कक्षामा नियमित रुपमा उपस्थित हुने, छलफल तथा समुह कार्यहरुमा पुर्ण रुपमा सहभागि हुने,कक्षाद्धारा बनाइएका नीति नियमहरुलाई पुर्ण पालना गर्ने,आफुले पाएको जिम्मेवारी पुरा गर्ने,वित्तिय साक्षरता कक्षाबाट सिकेका ज्ञान,सिपलाई ब्यवहारमा प्रयोग गर्ने,परिवारका सदस्यहरुलाई उतm ज्ञान सीप सिकाउने र परिवारमा प्राप्त विप्रेषणलाई परिवारको वित्तिय लक्ष्यको आधारमा उत्पादन मुलक अर्थात सम्पति बढने काममा नै खर्च गर्नुका साथै वित्तिय सेवाहरुको प्रयोग गर्नेछु भन्ने उल्लेखित छ ।


त्यसैगरि परिवारको आमदनी वृद्धि र स्वरोजगारी निर्माणका लागि कुनै न कुनै लघु ब्यवसाय सञ्चालन गर्ने, अनावश्यक खर्चहरु घटाउदै लैजाने र पुरै बन्द गर्ने र सकेसम्म धेरै बचत गर्ने,पैसा र सम्पतीको ब्यवस्थापन जिविकोपार्जनका साथै अन्य परिवारिक कार्यहरुमा परिवारका सदस्यहरुसँग छलफल गर्ने,परिवारका सदस्यहरुलाई जिम्मेवारी पुर्वक माया,ममता प्रदान गर्ने,जेष्ठ अभिभावकहरुको हेरविचार गर्ने,यस कार्यक्रममा सहभागि सदस्यहरुसँग छलफलमा ब्यतm सुचना तथा जानकारीहरु दुरुपयोग नगर्ने,यसै सुचनाको आधारमा मुल्याँकन पनि नगर्ने,वित्तिय अनुशासनको प्रर्ण पालना गर्दै आफ्नो सम्पन्न र सुरक्षित भविष्य निर्माणको लागि उल्लेखित ९ वटा प्रतिवद्धता पुरा गर्न सहमति जनाउने जस्ता प्रतिवद्धतामा उल्लेख रहेको छ । सो प्रतिवद्धता परिवारकै आर्को सदस्यको रोहबरमा वित्तिय साक्षरता सहजकर्ताहरुले गराउदै आएका छन् । यस्ता साक्षरता कक्षाले विप्रेषणबाट आउने रकमको सहि सदुपयोग हुने गरेको दाबी सहजकर्ताहरुको रहेको छ । विगतमा यस्ता कक्षा सञ्चालन भएका गाँउमा धेरै उदाहरणिय कार्यहरु समेत भएको बताएका थिए । प्रत्येक साता चल्ने कक्षाले महिलाहरुलाई एक अनौपचारिक शिक्षा जस्तो कार्य पनि भई रहेको भनाई मेयर अर्यालको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here