आमाको नामबाट नागरिकता लिँदा बाबुको नाम नभए पनि हुने

0
243

काठमाडौं, ८ असाेज । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले परमादेश जारी गरेको हो । न्यायाधीशद्वयले गत साउन २३ मा जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो । ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेश जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here