परासी ६ असाेज । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सुस्तामा निर्माणाधिन झोलुङ्गे पुलको निरीक्षण गरेका छन ।सुस्ता गाउँपालिकाकाे वडा न५ पर्ने नारायणी नदिमा निमार्णधिन आज तिमल्सिनाले झोलुङ्गे पुलको निरीक्षण गरेका हुन ।करिब अन्तिम चरणमा पुगेको पुल निर्माण कार्य चाडै सम्पन्न गर्न अध्यक्ष तिमल्सिनाले आग्रह गरे “आफ्नै भुमी आउजाउ गर्न भारतिय बाटो प्रयोग गर्नु पर्दा आफ्नो देश भनेर गर्व गर्न समेत सुस्ताबासिले नपाउनु ठूलो बिडम्बना रहेको”अध्यक्ष तिमल्सिनाले भने” यो पुल सुस्ताबासिको सपना हो”। उनले भने २०७५ सालमा आफू सुस्ता आउदा पुल निर्माणको कुनै भौतिक प्रगती नभएको देखिएको बताउदै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाडै निर्माण सम्पन्न हुने बिश्वास व्यक्त गरे ।
पुल नहुदा नारायणी नदि पारिका सुस्ताबासिलाई आफ्नै भुमी आउजाउ गर्न गठिन रहेको छ।सुस्ताबासी पुल नहुदाँ भारतीय बाटाे प्रयाेग गरि नेपाली भूमि आउने र नारायणी नदिमा डुग्ग प्रयाेग गरेर कठिन यात्रा गर्न सुस्ताबासी बाध्यता रहेकाेे छ। पुल नहुदाँ सुस्ता पारिका नागरिकलाई औषधोपचारका लागि समेत सहज छैन । कहिके पुल निर्माण सम्पन्न होला र आफ्नै भुमी भएर हिड्न पाउला भनेर सुस्तापारीका नागरिकहरु व्यग्र पर्खाईमा रहेका छन ।अब नारायणी नदिमा झोलुङ्गे पुल निमार्ण भईसकेपछि नारायणी नदि वारिपारि गर्न सहज हुने छ । त्रिशुली आश्रय जे.भी. कन्स्ट्रक्शन कम्पनीले २०७४ सालमा २९ महिनामा निर्माण सम्पन्न गर्ने गरी २९ करोड ४० लाख रुपैयाँमा झोलुङ्गे पुल निर्माणको ठेक्का लिएको छ । १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाइ रहेकाे छ । तत्कालिन समयमा पुलको योजना पार्न अध्यक्ष तिमल्सिनाको ठूलो भुमिका रहेको सुस्ता गाउँपालिकाका पुर्व अध्यक्ष रामप्रसाद पाण्डेले बताए । निरीक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष भगौती यादव(रुदल)सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय,सुस्ता गाउँपालिकाका पुर्व अध्यक्ष रामप्रसाद पाण्डे,सुनवल नगरपालिकाकि प्रमुख बिमाला अर्याल,रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, स्थानीय जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।