पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित

0
7

परासी,२४ भदौ । जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा शुरु भएको प्रभावकारी सर्जिकल (शल्यक्रिया) ले अस्पतालमा विरामीको आकर्षण बढेको छ । केही महिना पहिला विर अस्पतालबाट सरुवा भई पृथ्वीचन्द्र अस्पतालमा आएका सर्जन चिकित्सक डा.किरण पाण्डेले सर्जिकल सेवा प्रभावकारी बनाए पछि अहिले विरामीको चाँप बढनुका साथै शल्यक्रियाद्धारा उपचार गराउन चाहने विरामी अस्पतालमा आउन थालेका हुन् । विगत बर्षमा सर्जिकल सेवाका लागि रिफरल सेन्टरले चिन्ने यो अस्पतालमा सर्जन चिकित्सकको उपस्थिती र विश्वासले विरामीको चापा बढेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले विरामीको चाँप दिनहुँ बढदै गएको छ,उनले भने, विरामीको चाँप बढदा अस्पतालमा विरामी ब्यवस्थापन गर्न चुनौती समेत थपिदै गएको छ । यसबारे आफुले लुम्बिनी प्रदेश सरकार तथा संघिय सरकारका प्रतिनिधिलाई समेत जानकारी गराई सकिएको बताए । निमित्तको भरमा चल्दै गरेको यो अस्पतालमा सर्जिकल सेवाले आकर्षण थपेको छ,उनले थपे,अन्य सेवा तथा सर्जिकल सेवाका समपुरक सेवा समेत थपियो भन्ने अझ जटिल प्रकृतिका सेवा प्रवाहित गर्न सकिन्छ ।

अहिले अस्पतालको प्रमुखको रुपमा तिनै सर्जन चिकित्सक डा.पाण्डे नै काम गर्दै आएका छन् । प्रदेश सरकारले खाली रहेका चिकित्सकको पदपुर्तिका लागि आश्वासन दिएको सुनाउदै उनले प्रदेश सरकारले चाडै कि चिकित्सकको पदपुर्ति गर्न चिकित्सक पठाउनु पर्छ,कि अस्पतालले नै भर्ना लिइने गरि भर्ना खुलाउन अख्तियारी प्रदान गर्नु पर्छ । चिकित्सकको पदपुर्तिले अस्पतालमा थप सेवा विस्तार गर्न सक्ने उनको भनाई थियो । अस्पतालमा आउने विरामीलाई सिमित साधनस्रोतले अधिक्तम सेवा दिईने कार्यमा प्रयासरत रहेको सर्जन चिकित्सक डा.पाण्डेले बताए । अहिले अस्पतालमा विरामीको चाँप बढेको छ,उनले भने, अस्पतालमा विरामी बढनु विरामीको चिकित्सक प्रतिको विश्वास हो । तर साधन स्रोत कम हुदा ब्यवस्थापकिय कार्यमा केही चुनौतीहरु रहेका छन् । ३० लाख लगानी गरि अहिले सर्जिकल थिएटरलाई ब्यवस्थित गरिएको छ,उनले थपे,सर्जिकल सेवालाई अहिले प्रभावकारी बनाइएको छ । तर पुर्ण क्षमतामा सर्जिकल कार्य गर्नका लागि एनेस्थेसीयोलोजिष्ट विशेषज्ञ चिकित्सक,रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सक र जनरल फिजिसीयन विशेषज्ञ चिकित्सक अतिआवश्यक छ ।

त्यो सँगै अस्पतालमा बालरोग विशेषज्ञ चिकित्सक र प्रसुती तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकको पनि उत्तिकै आवश्यकता रहेको छ । यसले उच्च स्तरको प्रसुती सेवा दिईन सक्ने आधार बनाउने छ । अस्पतालमा केही संघसस्थाले आईसियु र भेण्टिलेटर सेवा सञ्चालनका लागि उपकरण सहयोग गरेका छन्,तर चिकित्सक अभावले त्यो सञ्चालनमा ल्याउन सकिएको छैन् । भेण्टिलेटर समेत सञ्चालन गर्न सकियो भन्ने जतिसुकै जटिल प्रकृतिका पनि सर्जरी गर्न सक्ने दाबी सर्जन चिकित्सक डा.पाण्डेको थियो । यसका लागि स्थानिय राजनीतिकर्मी,बुद्धिजिवि नागरिक समाज र आमउपभोतmा क्षेत्रमा काम गर्ने समाजका अगुवाहरु ब्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गर्नु पर्ने आपेक्षा समेत रहेको डा.पाण्डेले बताए ।
अस्पतालको मेडिकल रेकर्डर शाखाका अनुसार गत आर्थिक बर्षमा कुल १ हजार ६ सय सर्जरी भएको मध्ये डा.पाण्डे आए पश्चात असार महिनामा मात्रै ३ सय २७ जनाको सर्जरी गरिएको थियो । विगत अन्य महिनामा फाटफुट रुपमा सर्जरी हुदै आएकोमा अहिले सर्जरी गराउनेको संख्या वृद्धि भएको रेकर्डले देखाएको मेडिकल रेकर्डर पुजा न्यौपालेले बताईन् । उनका अनुसार कुल सर्जरी मध्ये ८ सय ६ वटा माईनर र २ सय ६५ मेजर सर्जरी भएका छन् । साउन महिनाको रेकर्ड अहिले आईनपुगेको भए पनि साउन महिनामा पनि सर्जरी गराउने संख्या उल्लेख्य रहेको छ ।
प्रतिनिधिसभा सदस्य(साँसद) धु्रव बहादुर प्रधानसँग आफुले अस्पतालमै आउन आग्रह गरि अस्पतालको अवस्थाबारे जानकारी गराएको अध्यक्ष गुप्ताले सुनाए । साँसद प्रधानले आफुले सक्दो संघिय सरकार तथा अन्य दातृनिकाय तथा संघसस्थासँग पहल गर्ने आश्वास समेत दिएको उनले जनाए । साँसद प्रधानसँग यस अस्पतालका लागि तत्काल आवश्यक चिकित्सकका लागि लिखित पत्र समेत दिइएर अस्पताल ब्यवस्थापनमा सहयोग गरेको जनाउदै उनले ५० सैयाको यो अस्पतालमा लुम्बिनी प्रदेश सरकारबाट अहिले दरबन्दी अनुसारका चिकित्सक उपलब्ध हुन नसक्दा केही समस्याहरु देखिएकोले संघिय सरकार प्रतिनिधिसभा सदस्य र यस क्षेत्रका साँसद तथा पुर्व कानुन मन्त्री समेत रहेका साँसद प्रधानसँग अस्पतालका प्रमुख प्राथमिकतामा रहेका ६ बुदे माग राखेर पत्राचार गरिएको उनले पत्र देखाए ।
पृथ्वीचन्द्र अस्पताल नवलपरासी जिल्लाको जिल्ला अस्पतालको रुपमा लुम्बिनी प्रदेश सरकार अन्तरगत रही सेकेण्डरी ए तहको ५० शैयाको विशेषज्ञ अस्पतालको रुपमा यस क्षेत्रका जनताहरुलाई सेवा प्रवाह गर्दै आएकोमा यस अस्पतालको स्विकृत दरबन्दी बमोजिमको विशेषज्ञ चिकित्सकहरुको पदपुर्ति हुन नसकि रहेको हुदा सेवा प्रवाहमा कठिनाई भई रहेको तथा अस्पतालमा पिउँने पानी ब्यवस्थापनका लागि पानीको उपयुतm स्रोत नभएको हुदा अस्पतालको बिरामीहरुको लागि पिउने पानीको सुविधा तथा गुणस्तरिया सेवा प्रवाहको लागि एनेस्थेसीयोलोजिष्ट विशेषज्ञ चिकित्सक,रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सक, जनरल फिजिसीयन विशेषज्ञ चिकित्सक, बालरोग विशेषज्ञ चिकित्सक र प्रसुती तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक माग गरेको उनको भनाई थियो । पुर्वमन्त्री तथा साँसद प्रधान साँसद हुनु पहिला नै करेड बढि लगानीको पृथ्वीचन्द अस्पतालमा आफ्नो निजी लगानीमा दुई तल्ले प्रसुती भवनको निर्माण गराएका थिए । उनले अहिले पनि यो अस्पतालको ब्यवस्थापनमा सकेसम्म सेवा प्रवाहका लागि प्रयासरत रहने प्रतिवद्धता समेत जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here