मलङ्गवाको घटना प्रति गृह मन्त्रालयको ध्यानाकर्षण गराउन ओल्मा काउन्सिल नेपालले बुझायो ज्ञापन पत्र

0
372

परासी, २४ भदौ । ओल्मा काउन्सिल नेपालले सर्लाहीको मलंगवामा भएको घटना प्रति गृह मन्त्रीको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत ज्ञापन पत्र बुझाएको छ । मुस्लिम समुदायको धार्मिक धरोहर, मजार, मस्जिदमा आक्रमण गरि तोडफोड गरेको घटना प्रतिघोर भर्तस्ना गर्दै दोषि समुहलाई कार्वाहीको माग सहित गृहमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको हो । भदौ २२ गतेका दिन जन्मअष्टमीको मुर्ति बिसर्जन गर्ने क्रममा केहि अराजक समुहले मुस्लिम समुदायको धार्मिक धरोहरहरुको तोडफोड गरि धार्मिक स्थलहरुमा क्षति पुरयाएको र धर्मको ठुलो अपमान गर्दै धार्मिक सहिष्णुता समेत विथोल्ने काम गरेकाले त्यस्ता अराजक समुह तथा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कार्वाहीको माग सहित ज्ञापन पत्र बुझाइएको ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिुन भयो ।

उहाँले, भन्नु भयो यसरी धार्मिक स्थलहरुमा तोडफोड हुनु, मुस्लिम वर्गहरु माथि ज्यादती गर्नु, मुस्लिम समुदायमा त्रास फैलाउनु जस्ता निन्दीय कार्यको ओल्मा काउन्सिल घोर निन्दा गर्दै मुस्लिम समुदाय र तिनका धार्मिक स्थलहरुको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयहरु सजग र सचेत बन्न जरुरी रहेको छ । नेपाल धर्म निरपेक्ष देश रहेकाले सबैले आ–आफनो धर्म र संस्कृति मान्न स्वतन्त्र रहेको र यस देशको परिवर्तनमा मुस्लिम समुदायको योगदान पनि कम नरहेको ज्ञापन पत्रमा उल्लेख गर्दै मुस्लिम समुदाय देशमा अमनचयन, आपसी सदभाव संगै धार्मिक सहिष्णुता कायम गर्न मुस्लिम समुदाय अग्रसर भईरहेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मलंगवा सहित देशभरिका धार्मिक स्थलहरुको संरक्षणका लागि गृह मन्त्रालयले निगरानी बढाओस र यस्ता निन्दीय कार्यहरुको रोकथाममा सक्रियता देखाओ भनि ओल्मा काउन्सिल नेपालको माग रहेको छ ।
ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको नेतृत्वमा जिल्लाका नेता हैदर अलि मोमिन, नेता अमिरुललाह मिँया, हाजी ईस्हाक मिँया, नेता कासिद अलि लगायतको उपस्तिथी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here