यात्रुलाई घाईते बनाउदै फुटेको महेसपुर–त्रिवेणी सडक

0
258


जितेन्द्र गुप्ता ।
महेसपुर, २७ भदौ । महेसपुर–त्रिवेणी सडक खण्ड फुटेर बिग्रिन थालेपछि दुर्घटनाको जोखिम बढदै गएको छ । बर्षाको पानी सडकमै जमेर सडक फुटेर भत्किन थालेपछि सो सडकबाट यात्रा गर्ने यात्रुलाई निकै कठिनाई भएको छ ।

खास गरि रातको समयमा तिब्र गतिमा हिडने मोटरसाईकल तथा ठुला–साना सवारी सधानहरु बाटोको खाल्टाखुल्टीले दुर्घटनामा पर्न थालेका छन् । महेसपुर देखि बेलाटारी सडक खण्डसम्म साढे १७ किलोमिटर दुरीमा रहेको उक्त बाटो ठाउँठाउँमा फुटेर बाटो ध्वस्त बनेको छ ।

१० टन भार बोक्ने क्षमता रहेको उक्त बाटोमा १० टन भन्दा बढि भार बोकेर ठुला सवारी सधानहरुको आवत जावत र बाटोमा बर्षाको पानी जमेर सो बाटो भत्किन थालेको जिल्ला प्राविधिक कार्यालका ईन्जिनियर उमेश शर्माले बताए । महेसपुर, भुजहवाँ, बर्दघाटे, सुर्यपुरा हुदै गएको यो बाटो ठाउँठाउँमा भत्किएर यात्रुलाई यात्रामा निकै समस्या भएको छ ।

ईन्जिनियर शर्माका अनुसार आर्थिक बर्ष २०७६÷०६८ मा सरकारले राष्ट्रिय ग्रामिण यातायात सुधार परियोजना ९क्ल्च्त्ए० लागु गरि सस्तो प्राविधि ओटाशिल मार्फत सो पिच बाटो निर्माण गरेको थियो ।

बाटो बनेदेखि तत्कालिन जिल्ला विकास समितिको कार्यालयले सो बटो टुट–फुट भई बिग्रेको खण्डमा बाटो मर्मत कार्य गर्दै आएको थियो तर अहिले जिल्ला विकास समिति खारेज भई स्थापित भएको जिल्ला समन्वय समितिमा पहिला जस्तो बाटोमा मर्मतका लागि बजेट सरकारले नपठाएको हुँदा सो बाटो बेवारिश समेत भएको ईन्जियिर शर्माले जिकिर गरे ।

करिब ४ करोड ३० लाखमा बनेको उक्त साढे १७ किलोमिटरको बाटो पाल्हीनन्दन, सरावल, प्रतापपुर गाउँपालिकामा पर्दछ । तर यसको मर्मतका लागि ति ३ वटै गाउँपालिकाहरुले कुनै प्रकारको बजेट बिनियोजन गरेका छैनन नत्र यसको मर्मत प्रति कुनै चाँसो नै देखाएको पाईन्छ । यसरी ति गाउँपालिकालाई सम्पत्तिको रुपमा रहेको यो बाटोलाई ति स्थानिय सरकारले यसको संरक्षण र मर्मत प्रति ध्यान नदिएको जिससले गुनासो गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here