सुनवलको बौद्धकालिन प्राचिन ‘उत्तरक’ नगर क्षेत्रको पोखरी ब्यवस्थापनमा नगरपालिकाले कहिले देखाउला चासाे 

0
107

परासी १६ भदौ । जिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रमा सुनवल नगरपालिका उदासिन देखिएको छ । नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने पटक पटक प्रतिवद्धता जनाउदै आएको भए पनि ब्यवहारिक रुपमा काम भने हुन नसकेको गुनासो स्थानिबासीको हुन् । देवदह पोखरी क्षेत्र नै कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर भएको तत्कालिन नगरपालिकाका कार्यावाहक मेयर समेत रहेका उपमेयर दधिराम अर्यालको पहलमा लुम्बिनी प्रदेशका तत्कालिन अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका विच उत्तरक नगर घोषणा गरेका थिए । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पनि नगरपालिकाले सो क्षेत्रको विकास प्रति चाहे जति काम गर्न सकेको छैन्,एक स्थानियले भने, अहिलेका जनप्रतिनिधिहरु आफ्नै धुनमा छन्,सुनवल नगरपालिका भित्र पर्ने यो पुरातात्विक,धार्मिक प्राचिन सम्पदा हो,तर यसको विकासमा चाँसो लिएका छैनन् । ताल क्षेत्रमा अतिक्रमण कायम नै छ,उनले तालको अवस्था देखाउदै भने,तालमा पहिला कमलले भरिएको हुन्थ्यो,तर अहिले जलकुम्भीले भरिएको छ,तरगौली ताल कमलले भरिभराउ ताल संरक्षण र ब्यवस्थानमा स्थानिय सरकारको रुपमा रहेको सुनवल नगरपालिकाले जति चाँसो लिएर काम गुर्न पथ्र्यो,त्यो गरेको देख्न पाइएको छैन् ।

भाषण गर्ने र दस्तावेजमा उल्लेख गर्ने तर स्थलगत रुपमा प्रभावकारी काम भने नगरपालिकाले गर्न सकेको छैन, उनले भने, प्राचिन उत्तरक नगर घोषणा पश्चात नै यसको डिपिआर(विस्तृत परियोजना प्रतिवेदन) बनाई काम थालि सक्नु पथ्यो,यसको प्रचार प्रसार,सोध अनुसंधान तथा लुम्बिनीसँग जोडेर ग्रेटर लुम्बिनीमा समावेश गराई काम गर्नु पथ्र्यो,तर अहिले केही गरेको देख्न पाइएको छैन् । भगवान बुद्धको पाईला परेको यो स्थान बौद्ध साहित्यमा अति नै महत्वपुर्ण स्थान रहेको छ । भगवानको जिवनउपयोगी शिक्षा अष्टागिँक मार्गको शिक्षा दिइएको स्थान हो । त्यसबारे पनि प्रचार प्रसार हुन सकि रहेको छैन्,यसले स्थानियबासीमा निरासा छाएको उनले सुनाए ।
सुनवल ७ स्थित तरगौली ताल भनेर चिनिने प्राचिन नगर भएको भग्नावेशहरु रहेको छ । प्राचिन पोखरी समेत उतm स्थानमा छ । अहिले बुद्ध विहार र हल समेत निर्माण भएका छन् । ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको उतm स्थानमा विकासका लागि जुन हिसाबले नगरपालिकाले काम गर्न पथ्र्यो त्यो अनुसार हुन नसकेको सुनवलकै एमाले जिल्ला सदस्य समेत रहेका रामचन्द्र भण्डारीले, स्थानियको आपेक्षा अनुसार नगरपालिकाले काम गर्न सकि रहेको छैन् । यस क्षेत्रको पुरातात्विक खोज हुन आवश्यक छ, उनले थपे, तर त्यसबारे स्थानियबासीसँग छलफल गरि नगरपालिकाले काम गर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here